नेपालको अग्रणी डिजिटल वालेट, खल्ती र स्टैंडर्ड चार्टर्ड बैंक नेपाल लिमिटेडबीच डिजिटल भुक्तानीका लागि साझेदारी भएको छ।
यस साझेदारी सँगै अब स्टैंडर्ड चार्टर्ड बैंकका सम्पूर्ण ग्राहकहरूले खल्ती वालेटमा सहजै पैसा लोड गरी विभिन्न सेवाहरूको उपभोग गर्न सक्ने भएका छन्। यस साझेदारी भए पछि ग्राहकहरूले स्टैंडर्ड चार्टर्ड बैंकको एप-‘एस् सी मोबाइल नेपाल’ प्रयोग गरी सिधै खल्ती वालेटमा पैसा लोड गर्न सक्नेछन्। बिना झन्झट खल्ती लोड गरी आफूलाई आवश्यक पर्ने सेवा खल्ती मार्फत सजिलै लिन सकिनेछ।
ग्राहकहरूले खल्ती प्रयोग गरी सहजै मुभी , इभेन्ट लगायतका टिकट खरिद, बिल भुक्तानी, प्लेसेस र अरू थुप्रै सेवा सुविधाहरूको लाभ लिन सक्नेछन्।
स्टैंडर्ड चार्टर्ड बैंकको एप-एस् सी मोबाइल नेपाल प्रयोग गरी यसरी लाेड गर्न सकिन्छ-
-बैंकिङ एप भित्र जानुहोस्
-माथिल्लो भागको बायाँ कुनामा रहेको तिन धर्कामा ट्याप गर्नुहोस्
-‘बिल पेमेन्ट’ मा छनोट गर्नुहोस्
-‘लोड वालेट’ भित्र ‘लोड खल्ती’ छनोट गर्नुहोस्
– विवरण भर्नुहोस्
-बैंकको साइन इन गर्नुहोस्
-प्राप्त भएको OTP/eTAC राख्नुहोस्
-लोड पूरा गर्नुहोस्
खल्तीका प्रमुख कार्यकारी अधिकृत विनय खड्काका अनुसार यो सुविधा सँगै अब स्टैंडर्ड चार्टर्ड बैंकका ग्राहकहरूले खल्तीमा आबद्ध भई युटिलिटी बिल भुक्तानी, बुकिङ साथै खल्तीका अन्य नवीनतम सुविधाहरू निर्बाध रूपमा प्रयोग गर्न पाउनेछन्।
ISO 27001 : 2013 बाट मान्यता प्राप्त साथै WITSA Global Innovation & Tech Excellence Awards 2022, देशकै सबै भन्दा बढी डिजिटल भुक्तानी कारोबार गर्ने भुक्तानी सेवा प्रदायक २०२३ र अनवरत रूपमा डिजिटल कारोबारमा पुर्याएको उल्लेखनीय योगदानको उच्च कदरमा नेपाल राष्ट्र बैंकबाट सम्मानित खल्ती आफ्नो सेवाको आठौँ वर्षमा छ।
खल्तीमा देशभरिका ४० लाख भन्दा बढी प्रयोगकर्ताहरू, १ लाख + एजेन्ट, ६० हजार + मर्चेन्ट व्यवसायी, ५५+ बैंक तथा वित्तीय संस्था, १५००+ सहकारी र ३००+ कर्मचारी को परिवारमा रूपान्तरण भएको छ।
सम्पूर्ण नेपालीहरूमा वित्तीय साक्षरता पुर्याउने उद्देश्यका साथ खल्तीले आफ्ना डिजिटल सेवा मार्फत बिल भुक्तानी, मोबाइल र टिभी रिचार्ज, हवाई, सिनेमा, र इभेन्ट टिकट बुकिङ, बिमा शुल्क, इ-कमर्सहरू, सरकारी राजस्व, फोहोर व्यवस्थापन बिलहरू, र अन्य थुप्रै डिजिटलाइज्ड सेवाहरू उपलब्ध गराउँदै आएको छ।
नेपालमा 1987 मा स्थापना भएको स्टैंडर्ड चार्टर्ड बैंक नेपाल लिमिटेडले हाल देशभर १५ शाखाको प्रतिनिधित्व र ५०४ भन्दा बढी स्थानीय कर्मचारीहरूको साथ लिएर निरन्तर रूपमा गुणस्तरीय बैंकिङ सेवा प्रदान गरिरहेको छ। आर्थिक परिवर्तन र रूपान्तरणमा उद्देश्य बोकेको यस बैंक प्रशिक्षित समूह र सुरक्षित बैंकिङ प्रणाली सहित ग्राहकहरूलाई उच्च स्तरको सेवा वितरणका लागी लक्षित छ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस