Like us!
Follow us!
Connect us!
Watch us!

वाइ वाइले ल्यायो ‘क्रिकेट स्पेसल एडिसन प्याकेट’, क्यानलाई ६० लाख रुपैयाँ सहयोग

अर्थ संसार

सोमबार, २८ जेठ २०८१, १३ : १२ मा प्रकाशित

वाइ वाइले ल्यायो ‘क्रिकेट स्पेसल एडिसन प्याकेट’, क्यानलाई ६० लाख रुपैयाँ सहयोग

सीजी फुड्स नेपाल लिमिटेडले नेपाल क्रिकेट संघ ‘क्यान’  लाई ६० लाख रुपैयाँ सहयोग गर्ने घोषणा गरेको छ ।

विगत लामो समयदेखि पुरुष अन्डर–१९ क्रिकेट टिमलाई प्रायोजन गर्दै आएको वाइ वाइले महिला अन्डर–१९ क्रिकेट टिमलाई। ३० लाख रुपैयाँ तथा अन्य क्रिकेट गतिबिधि संचालनका लागि ३० लाख रुपैयाँ गरि जम्मा ६० लाख सहयोग गर्न लागेको हो ।

चौधरी ग्रुपका प्रबन्धक निर्देशक निर्वाण चौधरीको उपस्थितीमा क्यानका सचिव पारस खड्का र सीजी फुड्सका सिइओ प्रदिप पुडासैनीले यस सम्वन्धी सम्झौता पत्रमा हस्ताक्षर गरेका हुन् ।

यसअघि वाइ वाइले विश्वकपमा सहभागी राष्ट्रिय टिमलाई प्रोत्साहन स्वरुप सुपर–८ मा पुग्न सफल भएमा ३० लाख रुपैयाँ तथा समग्र नेपाली टिमको मनोबल उच्च बनाउने उद्देश्यले प्रत्येक रन वापत १ हजार रुपैयाँ, प्रत्येक चौका वापत ८ हजार रुपैयाँ, प्रत्येक छक्का वापत १२ हजार रुपैयाँ, प्रत्येक विकेट वापत १५ हजार रुपैयाँ, प्रत्येक अर्धशतक वापत ५० हजार रुपैयाँ, प्रत्येक शतक वापत १ लाख रुपैयाँ र नेपाली टिमको प्रत्येक जितमा १ लाख ५० हजार रूपैयाँ नगद उपलब्ध गराउने घोषणा गरि सकेको छ ।

साथैै, नेपालको सर्वाधिक लोकप्रिय ब्राण्ड वाइ वाइ चाउचाउले नेपाल दोस्रो पटक आइसिसि पुरुष टि–२० विश्वकपमा सहभागी हुन सफल भएको ऐतिहासिक क्षणलाई अविष्मरणीय बनाउने उद्देश्यले ’वाइ वाइ क्रिकेट स्पेसल एडिसन प्याकेट’ बजारमा ल्याएको छ ।

सीजी फुड्स नेपाल लिमिटेडले क्यानसँगको सहकार्यमा क्रिकेट स्पेसल एडिसन प्याकेटको अवधारणा कार्यान्वयनमा ल्याएको हो। टि–२० विश्वकपमा नेपाली राष्ट्रिय टिमका साथ रमाईरहेका नेपाली दर्शकहरूका लागि वाइ वाइको यो प्याकेट विशेष हुनेछ भन्ने विश्वास कम्पनीले लिएको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको