Like us!
Follow us!
Connect us!
Watch us!

वैदेशिक रोजगारीमा जाने नेपालीको संख्या बढ्दै, १० महिनामा ६ लाखले लिए श्रम स्वीकृति

अर्थ संसार

मंगलबार, २९ जेठ २०८१, १६ : ३१ मा प्रकाशित

वैदेशिक रोजगारीमा जाने नेपालीको संख्या बढ्दै, १० महिनामा ६ लाखले लिए श्रम स्वीकृति

चालु आर्थिक वर्षको दश महिनाको अवधिमा वैदेशिक रोजगारीमा जाने युवाको संख्या ६ लाख नाघेको छ ।
वैदेशिक रोजगार विभागले सार्वजनिक गरेको तथ्यांक अनुसार चालु आवको साउनदेखि बैशाखसम्ममा वैदेशिक रोजगारीका लागि ६ लाख १२ हजार ७ सय ९१ जनाले अन्तिम श्रम स्वीकृति लिएका छन् ।

देशमा रोजगारीको अवसर नपाएपछि दैनिक दुई हजार नागरिक वैदेशिक रोजगारीमा जान बाध्य भएका छन् । विभागका अनुसार एक महिनाको अवधि (बैशाख) मा ७० हजार ६३७ नेपाली वैदेशिक राजेगारीमा गएका छन् । जसमा ६४ हजार ११० जना पुरुष रहेका छन् भने ६ हजार ६२७ जना महिला कामदार बाहिरिएका छन् ।

वैदेशिक रोजगारीका लागी नेपालीको रोजाईमा मलेसिया र युएई परेको छ । एक महिनामा ७० हजार ६३७ जनाले श्रम स्वीकृती लिएकामा मलेसियाका लागि मात्र १६ हजार ९४९ जना नेपालीले श्रम स्वीकृती लिएका छन् ।
यस्तै युएईका लागी १६ हजार ५१२ जनाले श्रम स्वीकृती लिएका छन्। मलेसिया र युएइ मात्रै ३३ हजार २६१ जनाले श्रम स्वीकृती लिएको विभागले सार्वजनिक गरेको तथ्यांकमा उल्लेख छ ।

कतारका लागि ११ हजार १०७ जनाले श्रमले श्रम स्वीकृती लिएका छन् भने साउदी अरेबीयाका लागि ११ हजार ६१ जनाले श्रम स्वृकिती लिएका लिएका छन् । बैशाख महिनामा कुवेतमा ३ हजार ७८७ जना नेपाली गएको विभागले जनाएको छ । यस्तै क्रोएसियामा १ हजार ८१ जना नेपाली गएका छन् भने जापानमा १ हजार २९८ जना नेपाली गएका छन् । यस्तै अष्टेलियाका लागि २५ जना नेपाली श्रमिक बाहिरिएका छन् भने क्यानडाका लागि ९३ जनाले श्रम स्वकृती लिएको विभागले जनाएको छ ।

कुन महिनामा कति ?

वैदेशिक रोजगार विभागका अनुसार चालु आर्थिक वर्षको पहिलो महिना, साउनमा ५५ हजार ५७५ जना वैदेशिक रोजगारीमा गएका थिए । भदौमा ५० हजार ८८४ जना, असोजमा ५६ हजार २३५ र कात्तिकमा ४३ हजार ६२२ जना रोजगारीका लागि विदेश गएको तथ्याङ्क छ ।
विभागको तथ्याङ्क अनुसार मंसिरमा ६८ हजार २०१ र पुसमा ६५ हजार ८१३ जना रोजगारीका लागि विदेश गएका छन् ।
त्यस्तै माघमा ६२ हजार १४७ जना, फागुनमा ६५ हजार ६५८, चैतमा ७० हजार ९३३ र वैशाखमा ७० हजार ६३७ जना वैदेशिक रोजगारीका लागि गएको विभागले जनाएको छ ।

दश महिनामा बाहिरियो एक खर्ब चार अर्ब

चालू आर्थिक वर्षको दश महिनामा ठूलो रकम वैदेशिक अध्ययनका लागि बाहिरिएको नेपाल राष्ट्र बैंकको प्रतिवेदनले देखाएको छ ।

गत साउनदेखि बैशाखसम्ममा वैदेशिक अध्ययनकै लागि नेपालबाट १ खर्ब ४ अर्ब २४ करोड ६ लाख रुपैयाँ बाहिरिएको छ ।

नेपालमा अध्ययन गर्न आउने विदेशी विद्यार्थीले भने सोही अवधिमा एक अर्ब ९५ करोड भित्र्र्याएका छन् ।

 


 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको