Like us!
Follow us!
Connect us!
Watch us!

सरकारी कर्मचारीको पीआर र दोहोरो नागरिकताको विषय छानबिन गर्न माग

अर्थ संसार

बुधबार, ३० जेठ २०८१, १३ : ०६ मा प्रकाशित

सरकारी कर्मचारीको पीआर र दोहोरो नागरिकताको विषय छानबिन गर्न माग

सरकारी कर्मचारीसँग पीआर र दोहोरो नागरिकता भएको विषय प्रतिनिधि सभाको बैठकमा उठेको छ ।

बुधबार प्रतिनिधि सभाको बैठकमा नेकपा एमालेका सांसद रघुजी पन्तले कर्मचारीहरूसँग पीआर र दोहोरो नागरिकता छ कि छैन, भनेर अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानबिन गर्न दिएको निर्देशनको पत्र प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा अल्मलिएको बताए ।

अख्तियारले कर्मचारीहरूसँग पीआर र दोहोरो नागरिकता रहेको र यस सम्बन्धमा छानबिन गर्नका लागि प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयलाई पत्र पठाएको तर प्रधानमन्त्री कार्यालयबाट अगाडि नबढेको भन्दै उनले प्रश्न उठाएका हुन् ।

‘‘कोको हुन् ? केही विशिष्ठ श्रेणीका कर्मचारी पनि त्यसमा छन रे । नेपाल सरकारको नुन खाँदाखाँदै विदेशी नागरिकता लिन रहर लाग्ने महानुभाव को हुनुहुँदो रहेछ त्यो हामीले चिन्न पाउनुपर्‍यो । छिटो कारबाही गरेर संसद्लाई जानकारी दिइयोस्,’ सांसद पन्तले भने ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको