Like us!
Follow us!
Connect us!
Watch us!

एनएमबि लघुवित्तले डाक्यो साधारणसभा, सेयरधनीको हात रित्तै

अर्थ संसार

शुक्रबार, ३२ जेठ २०८१, ०७ : ४९ मा प्रकाशित

एनएमबि लघुवित्तले डाक्यो साधारणसभा, सेयरधनीको हात रित्तै

एनएमबि लघुवित्त वित्तीय संस्था लिमिटेडले आफ्ना सेयरधनीलाई साधारणसभामा डाकेको छ। यस संस्थाले एक सूचना जारी गर्दै असार २१ गते, शुक्रबार, होटल बाराही पोखरा प्रा.लि., पोखरा ६ स्ट्रिट नं. १३, कास्कीमा बिहान ११ बजे आफ्नो एघारौँ वार्षिक साधारण सभा डाकेको हो। 

सभाले आर्थिक वर्ष २०७९–८० को नाफा नोक्सान सम्बन्धी हिसाबका सम्बन्धमा छलफल गर्ने,आर्थिक वर्ष २०८०–८१ का लागि लेखापरीक्षक नियुक्ति र पारिश्रमिक निर्धारण गर्ने एजेन्डा रहेको छ। कम्पनीले गत वर्षको मुनाफाबाट लाभांश वितरण नगर्ने यस अघि नै जानकारी दिसकेको छ। 

तेस्तै ,सभाले केन्द्रिय कार्यालय रहने ठेगाना र संस्थापक तथा सर्वसाधारण तर्फको सेयर संरचना सम्बन्धी प्रबन्धपत्रका दफाहरु संशोधन गर्ने, अन्य उपयुक्त लघुवित्तसँग मर्जर अथवा एक्विजिशनसम्बन्धी कार्य गर्न सञ्चालक समितिलाई अख्तियारी दिने लगायतका विशेष प्रस्तावहरु पारित गर्नेछ।

यस बाहेक,सभाले संस्थापक शेयरधनीहरुको तर्फबाट १ जना र सर्वसाधारण शेयरधनीहरुको तर्फबाट २ जना सञ्चालकहरुको निर्वाचन गर्ने र स्वतन्त्र सञ्चालकको नियुक्ति तथा एमएबि बैंकबाट प्रतिनिधित्व गर्ने सञ्चालकको नियक्ति अनुमोदन गर्ने प्रस्तावहरु पारित गर्नेछ।

संस्थाले साधारण सभा प्रयोजनार्थ असार ७ गतेदेखि २१ गतेसम्म बुकक्लोज गर्ने भएको छ। जस अनुसार असार ६ गतेसम्म नेप्सेमा कारोबार भइ कायम सेयरधनीहरुले मात्र संस्थाको साधारण सभामा सहभागिता जनाउन पाउनेछन्। 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको