Like us!
Follow us!
Connect us!
Watch us!

टी-२० विश्वकपमा आज दुई खेल हुदै

अर्थ संसार

आइतबार, ०२ असार २०८१, ०७ : ०९ मा प्रकाशित

टी-२० विश्वकपमा आज दुई खेल हुदै

जारी आइसीसी टी-२० विश्वकप अन्तर्गत आज दुई खेल हुदै छन् । आज समुह बी अन्तर्गत अस्ट्रेलिया र स्कटल्याण्डबीच खेल हुदै छ ।

सेन्ट लुसियास्थित डारेन समी नेशनल स्टेडियममा हुने यो खेल नेपाली समय अनुसार बिहान ६: १५ बजेदेखि शुरु भएको छ। 

जारी विश्वकपमा अस्ट्रेलिया लगातार तीन खेलमा जित हासिल गर्दै सुपर आठमा पुगिसकेको छ । त्यस्तै यस खेलको नतिजाले सुपर आठमा समुह बी बाट पुग्ने दोस्रो देशको टुंगो लाग्ने छ । यो खेल स्कटल्याण्डले जितेका स्कटल्याण्ड सुपर आठमा पुग्ने छ । त्यस्तै अस्ट्रेलियाले जितेमा भने इङल्यान्डको सम्भावना बन्ने छ ।

स्कटल्याण्डको ३ खेलमा २ खेल र एक खेल बर्षाले रद्ध हुदा ५ अंक रहेको छ र अहिले दोस्रो स्थानमा रहेको छ ।

अस्ट्रेलिया र स्कटल्याण्डबीच अहिलेसम्म टी-२० अन्तर्राष्टिय खेल भएको छैन र दुवै देशबीच यो पहिलो पटक खेल हुदै छ ।

त्यस्तै आज दोस्रो खेल समुह ए अन्तर्गत पाकिस्तान र आयरल्याण्डबीच हुदै छ । दुवै देश सुपर आठको दौडबाट बाहिरिएकाले यस खेलको नतिजाले कुनै अर्थ भने राख्दैन । समुह ए बाट भारत र अमेरिका सुपर आठमा पुगिसकेका छन् । पाकिस्तानले अहिलेसम्म ३ खेलमा एक जित र २ हार बेहोरेको छ भने आयरल्याण्डले ३ खेलमा २ हा

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको