Like us!
Follow us!
Connect us!
Watch us!

एकैदिन तोलामा १९ सय रुपैयाँले बढ्यो सुनको मूल्य, प्रतितोला कति ?

अर्थ संसार

शुक्रबार, ०७ असार २०८१, ११ : ३९ मा प्रकाशित

एकैदिन तोलामा १९ सय रुपैयाँले बढ्यो सुनको मूल्य, प्रतितोला कति ?

नेपाली बजारमा सुनको मूल्य बढेको छ। शुक्रबार एकैदिन सुनको मूल्य प्रतितोला १ हजार ९ सय रुपैयाँले बढेको हो ।

नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार छापावाला सुन १ लाख ४४ हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको छ । बिहीबार प्रतितोला छापावाला सुनको भाउ १ लाख ४२ हजार ८ सय रुपैयाँमा कारोबार भएको थियो । 

महासंघका अनुसार  शुक्रबार तेजाबी सुन  प्रतितोला  १ लाख ४४ हजार रुपैयाँमा कारोबार भइरहेको छ । बिहीबार तेजाबी सुन प्रतितोला १ लाख ४२ हजार १ सय रुपैयाँमा कारोबार भएको थियो ।

यस्तै शुक्रबार चाँदीको मूल्य पनि बढेको छ । शुक्रबार चाँदीको मूल्य प्रतितोला १ हजार ८६५ रुपैयाँ रहेको छ । बिहीबार चाँदीको मूल्य प्रतितोला १ हजार ८४० रुपैयाँमा कारोबार भएको थियो । 

अन्तर्राष्ट्रिय बजारमा हुने कारोबारका आधारमा नेपालमा सुनचाँदीको मूल्य निर्धारण गर्ने गरिएको छ । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको