Like us!
Follow us!
Connect us!
Watch us!

साधारणसभा गर्न नसक्दा अदालत देखाउंदै पन्छियो नेशनल हाइड्रोपावर

अर्थ संसार

शुक्रबार, ०७ असार २०८१, १२ : ४६ मा प्रकाशित

साधारणसभा गर्न नसक्दा अदालत देखाउंदै पन्छियो नेशनल हाइड्रोपावर

नेशनल हाइड्रोपावर कम्पनीको तेस्रो पटक आवहान गरेको फागुन ३० को कम्पनीको २७ औं वार्षिक साधारण सभा स्थगित भयो । कम्पनीले सेयरधनी हरुको गणपुरक संख्या (कोरम) पुर्याउन नसकेपछि साधारण सभा तेस्रो पटक पनि रद्द हुन् पुग्यो। 

यो भन्दा अगाडी कम्पनीले दुई दुई पटक (मंसिर २२ र पुस ) साधारणसभा आवहान गरेको थियो तर फाल्गुन ३० जस्तै अघिल्लो दुई पटक पनि कम्पनीले गणपुरक सेयरधनीको संख्या पुर्याउन नसकेपछि रद्द नै हुन पुग्यो। 

तेस्रो पटकको सभामा लगानीकर्ता र सञ्चालकबीच विवाद भएको साधारणसभामा पुगेका सेयरधनीले बताउने गरेका छन्। तर सभामा विवाद नभएर पूर्वसंस्थापकसँगको असमझारीबीच छलफल मात्रै भएको कम्पनीका संचालक विशेश्वर सुवेदीको बुझाई छ । 

‘सञ्चालकबीच विवाद होइन गत वर्ष कम्पनीको सेयर अत्यधिक बढ्यो त्यो बेला अधिंकाश ठुला सेयरधनीले आफ्नो स्वामित्व को सेयर बेचीसके अहिले हाम्रो आधारभूत सेयरधनी कम्पनीमा एकजना मात्र हुनुहुन्छ । तेस्रो पटक गर्ने भनेको साधारसभा विवाद भन्दा पनि एकजना पूर्व संस्थापक र उहाँसँगै सेयरधनी नभएकै मान्छे आएर अलि बिरोध जनाउन खोजेपछि विवाद जस्तो देखिए पनि हामीले छलफल मात्रै गरेका थियौं सञ्चारमाध्यममा विवाद भनेर आएछ ।’ उनले भने। 

पूर्वसंस्थापकले जनाएको बिरोधले पुनरावेदन पाटनमा निवेदन दिएको र निवेदनको फैसला नहुँदासम्म साधारणसभा कहिने हुने भन्नेबारे केही थाहा नभएको सुवेदीको भनाई छ ।  

‘कम्पनी रजिस्टारमा निकासका लागी निवेदन दियौं त्यहाँबाट नभएर अहिले पुनरावेदन पाटनमा निवेदकको हकमा जती हाम्रो कोरम छ त्यसमै सभा गर्न पाउँ भनेर  निवेदन दिएका छौं, फैसला नहुँदा सम्म साधारण सभाबारे केही भन्न सकिन्न हेरौं डेढ दुई महिना कति समय लाग्छ ।’ सुबेदीले भने। 

सेयरधनीको आरोप पै आरोप 

यता सेयरधनीहरुले भने साधारणसभा नगरेकोमा संचालक समितिको नियत राम्रो नदेखिएको भनेर आरोप लगाएका छन्।अहिले साधारणसभामा कोरम पुर्याउन नसक्नेहरु कम्पनीका संचालक कसरी बन्न पुगे भनेर उठाउने गरेका छन्।  कम्पनीका संचालकहरुले हकप्रद सेयरको पैसा अपचलन गरेको , मनपरि कम्पनीमा खर्च गरेको र परिवार जसरी कम्पनी चलाएको आरोप लगाएका छन्। 

उता, जलविद्युतको नियामक र पुंजीबजारका नियामक नेप्से र सेबोन पनि यस विषयमा चुप नै बसेका छन्। नियामकले प्रभावकारी नियमन नगर्दा दोस्रो बजार मार्फत यस कम्पनीका लगानी गरेका लगानीकर्ताको रकम जोखिममा परेको छ।  यसका साथै साधारणसभामा कोरम पुर्याउन नसकेर अदालत देखाएर पन्छिएको संचालक समितिले अब गरेका निर्णयहरुमा समेत प्रश्न उठाउने कम्पनीका सेयरधनीहरुको तयारी छ। 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको