Like us!
Follow us!
Connect us!
Watch us!

भुक्तानी नदिएको भन्दै एम्बाप्पेले पिएसजीलाई पठाए नोटिस

अर्थ संसार

शनिबार, ०८ असार २०८१, २१ : २५ मा प्रकाशित

भुक्तानी नदिएको भन्दै एम्बाप्पेले पिएसजीलाई पठाए नोटिस

किलीयन एम्बाप्पेले आफ्नो पुर्व क्लब पिएसजीले पुरा भुक्तानी नदिएको भन्दै नोटिस पठाएका छन् । 

मिडिया रिपोर्टका अनुसार एम्बाप्पेले आफुले पाउनुपर्ने पारिश्रमिक र बोनस गरि कुल १०७ मिलियन डलर नपाएको भन्दै पिएसजीलाई कानुनी नोटिस पठाएका हुन् । 

फ्रि-ट्रान्सफरमा रियल म्याड्रिड पुगेका एम्बाप्पेले पाउने यो रकमको विषयमा क्लबसँग विवाद रहेको थियो । एम्बाप्पे र क्लबबीच गत बर्ष फ्री ट्रान्सफरमा क्लब छोडेमा उनले केहि पारिश्रमिक र बोनस रकम छोड्ने सहमति भएको बताइएको छ । तर एम्बाप्पेले अहिले भने सो रकम आफुले पाउनुपर्ने दाबि गरेको फ्रेन्च मिडिया आउटलेट एल इक्विपले उल्लेख गरेको छ ।

यस अघि एम्बाप्पे र पिएसजीले यो विवाद आपसी समझदारीमा मिलाउने सहमति भएको बताइए पनि अहिलेसम्म नमिलेको देखिएको छ ।

हाल युरोकप खेलिरहेका एम्बाप्पेलाई रियल म्याड्रिडले युरोकप सकिनासाथ क्लबमा प्रस्तुत गर्ने तयारीमा रहेको छ । उनले रियल म्याड्रिडमा फ्री ट्रान्सफरमा गएपनि साइनिङ रकमको रुपमा सय मिलियन डलर भन्दा बढी रकम लिएको बताइएको छ ।     

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको