Like us!
Follow us!
Connect us!
Watch us!

भारत लैजान लागेको करिब ३ करोड मूल्य बराबरको भेप बरामद, पाँचजना पक्राउ

अर्थ संसार

शुक्रबार, ०७ असार २०८१, १३ : ५१ मा प्रकाशित

भारत लैजान लागेको करिब ३ करोड मूल्य बराबरको भेप बरामद, पाँचजना पक्राउ

प्रहरीले २ करोड ७१ लाख मूल्यको भेपसहित ५ जना पक्राउ गरेको छ । ५८ कार्टुन चाइनिज भेपसहित मकवानपुर प्रहरीले हेटौंडाबाट पाँच जनालाई पक्राउ गरेको हो ।

काठमाडौंबाट हेटौँडा हुँदै भारत जान लागेको ना ६ ख ७१६३ नम्बरको यात्रुवाहक बसमा अवैध भेप भेटिएको हो ।  पक्राउ पर्नेमा बस चालक दोलखा भीमेश्वर नगरपालिका–२ का ३७ वर्षीय सलाम मोक्तान, सहचालक उदयपुर कटारी नगरपालिका–११ का २७ वर्षीय प्रविन्द्र राना,नुवाकोट दुप्चेश्वर गाउँपालिका–७ घर भएका ३९ वर्षीय इन्द्रबहादुर दर्जी, सोही ठाउँका ३० वर्षीय सन्तोष भुसाल र धनकुटा बेलका नगरपालिका वडा नम्बर–१६ का २९ वर्षीय राजकुमार हिमाङ रहेका छन् । 

बसमा भारत जाने यात्रुसमेत रहेको र बस भारत–नेपाल ओहोरदोहोर गर्ने नभई भेप तस्करीकै लागि भाडामा लिएर प्रयोग गरेको अनुसन्धानबाट खुलेको छ ।

प्रहरीले बससहित पक्राउ परेका पाँचै जनालाई थप कारबाहीका लागि राजस्व अनुसन्धान कार्यालय पथलैया बारा पठाउने तयारी गरेको छ ।
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको