Like us!
Follow us!
Connect us!
Watch us!

देशलाई जीबीको लोकेसन चाहिएको होइन, जीबी राई चाहिएको होःविश्वप्रकाश शर्मा

अर्थ संसार

आइतबार, ०९ असार २०८१, १४ : ४८ मा प्रकाशित

देशलाई जीबीको लोकेसन चाहिएको होइन, जीबी राई चाहिएको होःविश्वप्रकाश शर्मा

नेपाली कांग्रेसका सांसद विश्वप्रकाश शर्माले सहकारी ठगी प्रकरणमा मुछिएका जीबी राईको लोकेसन पत्ता लागेर पनि पक्राउ किन गरिएन भनी गृहमन्त्रीलाई प्रश्न गरेका छन्।

प्रतिनिधिसभा बैठकको आकस्मिक समयमा शर्माले गृहमन्त्री रवि लामिछानेले लोकेसन पत्ता लागेको कुरा सार्वजनिक गर्नु अभियुक्त पक्रिने नयाँ शैली वा केटाकेटीपन के हो भनी प्रश्न गरे । भगाउने नियतका साथ गृहमन्त्रीको अभिव्यक्ति आएको हो कि भनेर उहाँले आशंकासमेत जनाउनुभयो ।

शर्माले भन्नुभयो, ‘सहकारी ठगीमा फरार भएको व्यवसायिक साथीलाई सहकारी ठगीमै अनुसन्धानको दायरामा रहेका गृहमन्त्रीजीले गिरफ्तार गर्नु छ । त्यसैले लोकेसन पत्ता लागिसक्यो भनेर माइकबाटै फुक्नुको अर्थ के हुन्छ ? अभियुक्त पक्रिने यो नयाँ शैली हो ? केटाकेटीपन हो ? या भगाउने नियत हो ? देशलाई जीबीको लोकेसन चाहिएको होइन, जीबी राई चाहिएको हो ।’

मलेसियाबाट कसैलाई पक्रिएर नेपाल ल्याउन दुई देशका बीचमा सुपूर्दगी सन्धि नचाहिने शर्माको भनाइ थियो ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Whatsapp Prabhu Bank

ताजा समाचार

छुटाउनुभयो कि?

Viber

सम्बन्धित खबर

धेरै पढिएको