हिमालयन रिइन्स्योरेन्स लिमिटेडको लाभांश दाबी गर्न चाहनुहुन्छ भने आज (जेठ ८ गते, बिहीबार) नै सेयरधनी बन्न आवश्यक छ। कम्पनीले साधारण सभा तथा लाभांश वितरण प्रयोजनका लागि बुक क्लोज मिति जेठ ११ गते आइतबार तोकेको छ।
तर, जेठ ९ गते शुक्रबार र १० गते शनिबार सेयर बजार बन्द रहने भएकाले व्यवहारिक रूपमा आज सेयर खरिद नगरे भोलिदेखि लाभांशको हकबाट बञ्चित हुन सकिन्छ।
कम्पनीले आफ्ना सेयरधनीलाई ४.७५ प्रतिशत लाभांश दिने प्रस्ताव गरेको छ, जसअन्तर्गत ४.५० प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.२४ प्रतिशत नगद लाभांश समावेश गरिएको छ।
जेठ २५ मा साधारण सभा, यी विषयमा निर्णय हुँदै
हिमालयन रिइन्स्योरेन्सको १४औं वार्षिक साधारण सभा जेठ २५ गते बिहान ११ बजे नेपाल प्रज्ञा प्रतिष्ठान, कमलादीमा बस्दैछ। सभामा निम्न महत्वपूर्ण प्रस्तावहरू पेश गरिनेछन्:
आर्थिक वर्ष २०८०/८१ को वार्षिक प्रतिवेदन, नाफा–नोक्सान विवरण र नगद प्रवाह अनुमोदन,
प्रस्तावित बोनस र नगद लाभांश पारित गर्ने,
सामाजिक उत्तरदायित्व अन्तर्गत गरिएको खर्च स्वीकृति,
कम्पनीको प्रबन्धपत्र र नियमावली संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने,
आगामी आर्थिक वर्ष (२०८१/८२) का लागि लेखापरीक्षक नियुक्ति र पारिश्रमिक निर्धारण।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस