Like us!
Follow us!
Connect us!
Watch us!

संसदमा खतिवडाको प्रश्न – नाता र दाताका आधारमा राजदूत नियुक्त गरिएको हो ?

अर्थ संसार

मंगलबार, ११ असार २०८१, १३ : ०० मा प्रकाशित

संसदमा खतिवडाको प्रश्न – नाता र दाताका आधारमा राजदूत नियुक्त गरिएको हो ?

नेपाली कांग्रेसका सांसद रामहरि खतिवडाले विभिन्न देशमा गरिएको राजदूत नियुक्तिको सिफारिसमा विभेद भएको भन्दै प्रश्न उठाएका छन् ।

मंगलबार बसेको प्रतिनिधि सभा बैठकमा परराष्ट्रमन्त्री समेत जिम्मेवारी सम्हालेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग प्रशन गर्दै नाता र दाताका आधारमा राजदूत नियुक्त गरिएको हो ? भन्दै प्रशन गरेका छन् ।

सांसद खतिवडाले भने ‘फेरि नयाँ राजदूतहरू नियुक्त गरिए, केहीले यसमा मेरो रुचि नै छैन है भन्दै बिचैबाट भागेको देखियो । केही स्वार्थ बाझिने गरी नाता र दाताका आधारमा नियुक्त गरिए । म्यानपावर व्यवसायीहरू त्यहाँ पेसा गर्न नियुक्त भए भन्ने खबर सुन्नमा आएको छ भन्ने सुन्नमा आएको छ जवाफ चाहियो ।’

 

 

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Garima Capital

धेरै पढिएको