Like us!
Follow us!
Connect us!
Watch us!

एसईईको मौका परीक्षा साउन १८ र १९ गते हुने

अर्थ संसार

विहीबार, १३ असार २०८१, ११ : ०९ मा प्रकाशित

एसईईको मौका परीक्षा साउन १८ र १९ गते हुने

राष्ट्रिय परीक्षा बोर्डले २०८० को माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा सार्वजनिक भएको छ । नतिजाअनुसार, यसवर्ष परीक्षामा सहभागी कुल विद्यार्थीमध्ये ४७.८६ प्रतिशत विद्यार्थी मात्रै उत्तीर्ण भएका छन् ।

यसवर्ष १८६ जनाको ४ जिपिए आएको छ भने ५२.१४ प्रतिशत परीक्षार्थी फेल भएका छन् । ४ लाख ६४ हजार ७८५ जना परीक्षार्थीमध्ये २,४२,०९२ को एनजी आएको हो । २२१ जना परीक्षार्थीको परिक्षा रद्द भएको छ ।

एसईईमा सहभागी चार लाख ४४ हजार ७८५ परीक्षार्थीमध्ये दुई लाख ४२ हजार ९२ जनाले मात्र कक्षा–११ पढ्न पाउने भएका छन् ।

यसैबीच २ विषयसम्म फेल भएकाहरुका लागि बोर्डले सञ्चालन गर्ने मौका परीक्षा साउन १८ र १९ गते हुने भएको छ । २ विषयसम्म अनुत्तीर्ण हुने विद्यार्थीका लागि साउन १८ र १९ गते मौका परीक्षा सञ्चालन गरिने बोर्डले जनाएको छ ।

बोर्डका अनुसार ननग्रेड ल्याउनेमध्ये २ विषयसम्म अनुत्तीर्ण हुनेमा १ लाख १५ हजार ८३४ छन् । त्यसमा ६७ हजार ८९६ जना एक विषयमा अनुत्तीर्ण छन् ।

 

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

Garima Capital

धेरै पढिएको