Like us!
Follow us!
Connect us!
Watch us!

एसईई नतिजा यसै साता आउने,यसरी हेर्न सकिन्छ रिजल्ट !

अर्थ संसार

सोमबार, १० असार २०८१, ११ : १३ मा प्रकाशित

एसईई नतिजा यसै साता आउने,यसरी हेर्न सकिन्छ रिजल्ट !

राष्ट्रिय परीक्षा बोर्डले यसै साता माध्यमिक शिक्षा परीक्षा (एसईई) २०८० को नतिजा प्रकाशन गर्ने भएको छ । 

परीक्षा नियन्त्रण कार्यालय कक्षा १० सानोठिमी, भक्तपुरले  सहज रूपमा नतिजा हेर्नका लागि विभिन्न माध्यमको व्यवस्था गरेको जनाएको छ । 

एसईईको नतिजा एसएमएस, आईभीआर र वेबसाइटबाट पनि थाहा पाउन सकिन्छ ।
नेपाल टेलिकमको १६०० नम्बरमा डायल गरी प्राप्त निर्देशन अनुसार नतिजा थाहा पाउन सकिने परीक्षा बोर्डले जनाएको छ ।

यसैगरी राष्ट्रिय परीक्षा बोर्ड परीक्षा नियन्त्रण कार्यालयको वेबसाइट र नेपाल टेलिकमको वेबसाइटबाट पनि नतिजा थाहा पाउन सकिन्छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

Garima Capital

धेरै पढिएको