चितवनको भरतपुरमा चलिरहेको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को पहिलो ऐतिहासिक महाधिवेशन नसकिँदै प्रधानमन्त्री एवं पार्टीका वरिष्ठ नेता बालेन शाह काठमाडौं फर्किएका छन्। महाधिवेशनको रौनक जारी रहेकै बेला प्रधानमन्त्री शाह श्रीमती, छोरी र आफ्ना सल्लाहकार कुमार बेनका साथ विमानस्थल पुगेर राजधानी फर्किएका हुन्।
विमानस्थल प्रस्थान गर्दा उनले विशिष्ट व्यक्तिका लागि व्यवस्था गरिएको 'भीआइपी कक्ष' समेत प्रयोग नगरी सामान्य नागरिक सरह यात्रा रोजेका थिए। महाधिवेशनमा सभापति पदका लागि रवि लामिछाने निर्विरोध चयन भइसकेका छन्। जसमा प्रधानमन्त्री शाह आफैँ प्रस्तावक बसेका थिए।
महाधिवेशनलाई प्रविधिमैत्री बनाउन यसपटक रामलक्ष्मण इनोभेसनले तयार पारेको विद्युतीय भोटिङ मेसिन प्रयोग गर्न लागिएको छ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस