Like us!
Follow us!
Connect us!
Watch us!

सत्तापक्ष र प्रतिपक्ष दलका नेताका बीचमा संवाद हुनेबित्तिकै सत्ता गठबन्धनमा उलटफेर हुँदैनःमाधव सापकोटा

अर्थ संसार

सोमबार, १७ असार २०८१, १४ : २८ मा प्रकाशित

सत्तापक्ष र प्रतिपक्ष दलका नेताका बीचमा संवाद हुनेबित्तिकै सत्ता गठबन्धनमा उलटफेर हुँदैनःमाधव सापकोटा

नेकपा माओवादी केन्द्रका सांसद माधव सापकोटाले सत्ता र प्रतिपक्ष दलका शीर्ष नेताहरुबीच भेट हुँदैमा सत्ता गठबन्धनमा उलटफेर नआउने बताएका छन् ।

प्रतिनिधिसभा बैठकमा माओवादीका तर्फबाट विशेष समयमा बोल्दै शीर्ष नेताहरुबीच भेट हुनुलाई सकारात्मक रुपमा लिनुपर्ने बताए ।

‘दुई दिनको राजनीतिक घटनाक्रमलाई हामीले नजिकबाट नियाल्यौं भने अहिले सिंगो राजनीति तरंगित भएको छ । अनौपचारिक संवाद हुँदा, समाचारहरू अध्ययन गर्दा सिंगो राजनीति तरंगित हुनेजस्तो । सत्तापक्ष र प्रतिपक्ष दलका नेताका बीचमा संवाद हुनेबित्तिकै सत्ता गठबन्धनमा उलटफेर आउने भयो भनेर चर्चा भएको छ । तर, दुई जना नेता बस्दैमा पूरै सत्ता गठबन्धन उलटफेर हुने नयाँ परिस्थिती हुने भन्दै चाँडै निष्कर्ष पुग्ने परिपाटीले स्थिरताको मानसिकता दिँदैन। यसबारे घटनाक्रम हेर्दा पनि सत्यता भएजस्तो लाग्दैन ।’ उनले भने

सांसद सापकोटाले जुनसुकै दलका शीर्ष तहको बैठकमा देशको राष्ट्रिय मुद्दाले प्राथमिकता पाउनुपर्ने बताए ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको