Like us!
Follow us!
Connect us!
Watch us!

मुक्तिनाथ क्यापिटल र यात्रीबीच सम्झौता

अर्थ संसार

मंगलबार, १८ असार २०८१, ०८ : ३३ मा प्रकाशित

मुक्तिनाथ क्यापिटल र यात्रीबीच सम्झौता

यात्री सुइट्स एन्ड स्पा प्रा.लि. ले वित्तीय परामर्श र व्यवस्थापन सेवाको लागि मुक्तिनाथ क्यापिटल लिमिटेडलाई संस्थागत परामर्शदाता नियुक्त गर्न सम्झौता गरेको छ । उक्त सम्झौता पत्रमा यात्री सुइट्सको तर्फबाट कम्पनीका अध्यक्ष च्यूङ गुरुङ तथा मुक्तिनाथ क्यापिटलको तर्फबाट कार्यकारी प्रमुख अधिकृत कवीन्द्र ध्वज जोशीले हस्ताक्षर गरेको छ । 

ठमेल अवस्थित यस होटलको पुँजी संरचना परिवर्तन, लिमिटेड कम्पनीमा रूपान्तरण, आवश्यक श्रोतको व्यवस्थापन, व्यावसायिक योजना, होटलको बजारीकरण लगायत सर्वसाधारणलाई शेयर निष्कासन गर्ने कार्यको लागि मुक्तिनाथ क्यापिटल लिमिटेडले परामर्शदाताको रूपमा सेवा प्रदान गर्नेछ । 

नेपालको राजधानी काठमाडौँको मुख्य पर्यटकीय स्थल ठमेलमा स्थापित एवं सञ्चालित यस होटल निकट भविष्यमा नै ४ तारे होटलमा रूपान्तरण हुने समेत कम्पनीले जनाएको छ । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Whatsapp Prabhu Bank

ताजा समाचार

छुटाउनुभयो कि?

Viber

सम्बन्धित खबर

धेरै पढिएको