Like us!
Follow us!
Connect us!
Watch us!

राधी विद्युत: ६९.८९% हकप्रदका लागि क्यापिटल फाइनल

अर्थ संसार

विहीबार, ०१ साउन २०८२, ०८ : ४९ मा प्रकाशित

राधी विद्युत: ६९.८९% हकप्रदका लागि क्यापिटल फाइनल

राधी विद्युत कम्पनी लिमिटेडले हकप्रद सेयर निष्काशन प्रक्रियाका लागि बिक्री प्रबन्धक नियुक्त गरेको छ। कम्पनीले मुक्तिनाथ क्यापिटल लिमिटेडलाई हकप्रद निष्काशनको बिक्री व्यवस्थापनको जिम्मेवारी दिएको हो।

कम्पनीले हालको चुक्ता पुँजीको अनुपातमा १:०.६९८९ को अनुपातमा अर्थात् ६९.८९ प्रतिशत हकप्रद शेयर निष्काशन गर्न लागेको हो। प्रस्तावित हकप्रद अन्तर्गत कुल १ करोड २८ लाख ५२ हजार ६२६ दशमलव ४४ कित्ता शेयर सर्वसाधारण सेयरधनीहरूका लागि जारी गरिनेछ।

यस हकप्रद सेयर निष्काशनका लागि विद्युत् नियमक आयोगबाट स्वीकृति प्राप्त भइसकेको छैन। आयोगको स्वीकृति र धितोपत्र बोर्डको अनुमति प्राप्त भएपछि मात्र कम्पनीले औपचारिक रूपमा हकप्रद शेयर निष्काशन प्रक्रिया अगाडि बढाउनेछ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको