Like us!
Follow us!
Connect us!
Watch us!

प्रचण्डलाई बाबुरामको व्यङ्ग्य-- सबैलाई सधैँभरी ठग्न सकिन्न

अर्थ संसार

मंगलबार, १८ असार २०८१, १० : ५३ मा प्रकाशित

प्रचण्डलाई बाबुरामको व्यङ्ग्य-- सबैलाई सधैँभरी ठग्न सकिन्न

पूर्वप्रधानमन्त्री तथा नेसपाका अध्यक्ष डा. बाबुराम भट्टराईले प्रधानमन्त्री प्रचण्ड लक्षित गर्दै सधै भरी ठग्न नसकिने टिप्पणी गरेका छन् ।

कांग्रेस- एमालेसँगको सहमतिपछि प्रचण्डलाई घुमाउरो प्रहार गर्दै भट्टराईले सामाजिक सञ्जाल मार्फत भनेका छन्- 'केहीलाई सधैँभरी ठग्न सकिन्छ, सबैलाई केहीबेर ठग्न सकिन्छ तर सबैलाई सधैंभरी ठग्न सकिन्न । सन्दर्भ बुझौं !’

आफ्नो निर्वाचन क्षेत्र गोरखा प्रचण्डका लागि छोडेका डा. भट्टराईको पछिल्लो समय सम्बन्ध बिग्रिएको छ । उनले पछिल्ला दिनहरुमा प्रचण्डको आलोचना गर्दै आएका छन्

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको