Like us!
Follow us!
Connect us!
Watch us!

राप्रपाले भन्यो- कांग्रेस-एमालेबीच संबिधान संशोधन गर्ने सहमति स्वागतयोग्य

अर्थ संसार

मंगलबार, १८ असार २०८१, १९ : ३७ मा प्रकाशित

राप्रपाले भन्यो- कांग्रेस-एमालेबीच संबिधान संशोधन गर्ने सहमति स्वागतयोग्य

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को पदाधिकारी बैठकले संविधान संशोधनको पक्षमा पार्टी उभिने निर्णय गरेको छ ।

बैठकपछि अध्यक्ष राजेन्द्र लिङदेनले राप्रपाले संबिधानले काम नगरेको र दलहरुबीच नयाँ समझदारी हुनुपर्छ भन्दै आएको बताउदै कांग्रेस र एमालेले नयाँ सहमतिमा संबिधान संशोधनलाई प्रमुख विषय बनाएकोलाई स्वागत गरेको बताएका छन् । 

अध्यक्ष लिङदेनले कांग्रेस र एमालेले यो समझदारीलाई कसरी अगाडी बढाउछन् भन्ने विषय आफुहरुले नजिक बाट हेर्ने र सोहि अनुसार निर्णय गर्ने उनले बताए ।

उनले आफुहरुले कुनै एजेन्डा बनाएर छलफल नगरेको तर फेरिएको राजनीतिक परिस्थितिको बारेमा मात्र छलफल गरेको बताए । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको