Like us!
Follow us!
Connect us!
Watch us!

११ महिनामा ३ करोड बढीको मेमोरी कार्ड आयात

अर्थ संसार

बुधबार, १९ असार २०८१, १२ : ४८ मा प्रकाशित

११ महिनामा ३ करोड बढीको मेमोरी कार्ड आयात

चालु आर्थिक वर्षको ११ महिनाको अवधिमा ३ करोड बढीको मेमोरी कार्ड आयात भएको छ । भन्सार विभागको तथ्यांकअनुसार चालु आर्थिक वर्षको ११ महिनाको अवधिमा ३ करोड ३० लाख ६८ हजार रुपैयाँको मेमेरो कार्ड आयात भएको हो ।

जुन गत आर्थिक वर्षको सोही अवधिको तुलनामा केही बढी हो । गत वर्षको सोही अवधिमा ३ करोड ३० लाख ४७ हजार रुपैयाँ बराबरको मेमोरी कार्डको आयात भएको थियो । चालु आर्थिक वर्षको ११ महिनाको अवधिमा मेमोरी आयातको परिमाण भने घटेको देखिएको छ । चालु आवको जेठ मसान्तसम्म ३ लाख ५७ हजार ९३० पिस मेमोरी कार्ड आयात भएको तथ्यांकले देखाएको छ ।

गत आर्थिक वर्षको सोही अवधिमा ४ लाख ९० हजार ६४५ पिस मेमोरी कार्ड आयात भएको सरकारी तथ्यांकले देखाएको छ ।

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको