Like us!
Follow us!
Connect us!
Watch us!

हार स्वीकार गर्दै ऋषि सुनकले भने- 'बेलायतका जनताले सम्मानजनक निर्णय गरे'

अर्थ संसार

शुक्रबार, २१ असार २०८१, २१ : ५८ मा प्रकाशित

हार स्वीकार गर्दै ऋषि सुनकले भने- 'बेलायतका जनताले सम्मानजनक निर्णय गरे'

बेलायती प्रधानमन्त्री तथा कन्जरभेटिभ पार्टीका नेता ऋषि सुनकले आफ्नो हार स्वीकार गरेका छन् ।

उनले लेबर पार्टीका नेता कियर स्टारमरलाई विजयको लागि बधाई दिएका छन् । उनले भने, ‘बेलायतका जनताले सम्मानजनक निर्णय गरेका छन् । यसबाट धेरै कुरा सिक्न आवश्यक छ । हारको जिम्मेवारी लिन्छु । ऋषि सुनकले योर्कशायरको रिचमण्ड सिटबाट भने जितेका छन् । सिट जितेपछि उनले आफ्नो मन्तव्यमा भने, ‘चुनावमा लेबर पार्टीले जितेको छ । मैले कियर स्टारमरलाई उनको जितमा बधाई दिएँ ।' 

सन् २०१९ को चुनावमा कन्जरभेटिभ पार्टीले ६५० सिट भएको संसदमा ३६४ सिट जित्यो र बोरिस जोनसन प्रधानमन्त्री बने । अघिल्लो पटकको तुलनामा ४७ सिट बढेको थियो । तर यसपटक अवस्था बिल्कुल उल्टो छ ।  बेलायतमा १४ वर्षपछि लेबर पार्टी सत्तामा फर्किएको छ ।

अहिलेसम्म परिणाम अनुसार लेबर पार्टीले ३९२ सिट जितिसकेको छ । त्यस्तै कन्जरभेटिभले अहिलेसम्म ९९ सिटमा जित हासिल गरेको छ । जुन अघिल्लो निर्वाचनको तुलनामा २२० सिट कम हो ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको