Like us!
Follow us!
Connect us!
Watch us!

के रिलायन्स स्पिनिङ मिल्सले सर्वसाधारणलाई 'भेडा' सम्झेको हो?

अर्थ संसार

मंगलबार, २५ असार २०८१, ०७ : ५४ मा प्रकाशित

हामीले प्रश्न गरेका थियौँ। पुँजी बजारको नियामक निकाय नेपाल धितोपत्र बोर्डले किन रिलायन्स स्पेनिङ मिसलाई हतारिएर साधारण सेयर अर्थात् आइपीओ निष्कासन त्यो पनि बुक बिल्डिङबाट अनुमति दियो भनेर !

जब नेपाल धितोपत्र बोर्डले यस कम्पनीलाई साधारण सेयर निष्कासन गर्ने अनुमति दियो। यस कम्पनीले पनि निकै चाँडै नै सूचना जारी गर्दै असार २७ गतेदेखि वैदेशिक रोजगारीमा रहेका नेपाली नागरिकहरूको लागि आइपिओ निष्कासन गर्न लागेको छ। 

नेपाल धितोपत्र बोर्डले यस कम्पनीलाई बुक बिल्डिङ बुक बिल्डिङ प्रक्रियाबाट साधारण सेयर आइपिओ जारी गर्न अनुमति दिएको हो। बोर्डले ६० प्रतिशतले हुन आउने ११ लाख ५५ हजार ९६० कित्ता आइपी निष्कासन गर्न स्वीकृति दिएको हो।

जस मध्य पहिलो चरणमा कम्पनीले नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृति प्राप्त गरेर  वैदेशिक रोजगारीमा रहेका नेपाली नागरिकहरुका लागि सार्वजनिक निष्काशनका लागि छुट्याइएको साधारण सेयरको १० प्रतिशत अर्थात १ लाख १५ हजार ५९६ कित्ता सेयर निष्काशन जारि गर्ने भनेको छ। 

योग्य संस्थागत लगानीकर्तालाई बुक विल्डिङ विधिबाट आईपीओ बिक्री गरिसकेको कम्पनीले गत माघ २३ गते धितोपत्र बोर्डमा निवेदन दिँदै सर्वसाधारणलाई आईपीओ निष्कासन गर्न अनुमति मागेको थियो ।

यसको मूल्य ६०८ देखि ९१२ रुपैयाँसम्म प्रस्ताव गरिएको थियो । संस्थागत लगानीकर्ताले पेश गरेको बोलपत्रको आधारमा कम्पनीको कटअफ मूल्य प्रतिकित्ता ९१२ रुपैयाँ तोकिएको थियो । कटअफ मूल्यमा अब १० प्रतिशत घटाएर ८२०.८० रुपैयाँ प्रतिकित्तामा सर्वसाधारणलाई आईपीओ निष्कासन हुनेछ ।

निकै महँगो आइपुग्यो पक्कै पनि नियामक निकायले धेरै अध्ययन गरेर नै स्वीकृति दिएको भनेर भन्ने ठाउँ थियो। तर जब यस कम्पनीले आफ्नो वित्तीय विवरण सार्वजनिक गर्यो र हालको अवस्थाको बारेमा जानकारी दियो तब  यस कम्पनीलाई किन आइपिओ निष्कासन गर्ने अनुमति दिईयो भन्ने प्रश्न गर्ने धेरै नै आधारहरु निस्केका छन् । शङ्का गर्ने निकै प्रश्न उब्जेका छन्। आर्थिक चलखेल त भएको होइन भन्ने गम्भीर आशंका उठेको छ। किनभने कम्पनीको अवस्था राम्रो छैन एकदम नै कमजोर देखिन्छ।

यही विषयमाअर्थ संसारले यस कम्पनीभित्रको सबै चिरफार गरेको छ। विस्तृतमा कार्यक्रम इन्साइटिफाईमा :

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको