Like us!
Follow us!
Connect us!
Watch us!

नेशनल फण्ड म्यानेजमेन्ट लिमिटेडले आईपीओ निष्काशन गर्ने, बिक्री प्रबन्धकमा लक्ष्मी सनराइन क्यापिटल

अर्थ संसार

आइतबार, ०७ मंसिर २०८२, १६ : २२ मा प्रकाशित

नेशनल फण्ड म्यानेजमेन्ट लिमिटेडले आईपीओ निष्काशन गर्ने, बिक्री प्रबन्धकमा लक्ष्मी सनराइन क्यापिटल

नेशनल फण्ड म्यानेजमेन्ट लिमिटेडले आईपीओ जारी गर्ने भएको छ । कम्पनीले सर्वसाधारणका लागि १०० रुपैयाँ अंकित दुरका २१ लाख ६ हजार कित्ता आईपीओ जारी गर्ने भएको हो । 

कम्पनीले कुल पुँजीको २० प्रतिशत हुन आउने उक्त २१ करोड ६० लाख मूल्यको आईपीओ निष्कासन गर्ने भएको हो । कम्पनीले उक्त सेयर निष्काशनका लागि बिक्री प्रबन्धकमा लक्ष्मी सनराज्य क्यापिटलाई बिक्री प्रबन्धक नियुक्त गरेको छ । बिक्री प्रबन्धक सम्बन्धी सम्झौतामा नेशनल फण्ड म्यानेजमेन्टको तर्फवाट प्रमुख कार्यकारी अधिकृत सरोज गुरागाई तथा सनराइन क्यापिटल लिमिटेडका तर्फवाट प्रमुख कार्यकारी अधिकृत बिजय लाल श्रेष्ठले हस्ताक्षर गरेका छन् । मंसिर ०७ गते उक्त सम्झौता पत्रमा हस्ताक्षर भएको हो । योसँगै निकट भविष्यमा उक्त साधारण सेयर निष्काशन गरिने सम्झौता गरिएको हो । 

नेशनल फण्ड म्यानेजमेन्ट लिमिटेडले कम्पनी रजिष्ट्रारको कार्यालयमा पब्लिक लिमिटेड कम्पनीको रुपमा दर्ता भई नेपाल धितोपत्र बोर्डबाट विशिष्टीकृत लगानी कोष नियमावली, २०७५ बमोजिम प्राइभेट इक्वीटी फण्ड, भेन्चर क्यापिटल फण्ड, हेज फण्डको कोष व्यवस्थापक भई संचालन गर्न इजाजत प्राप्त गरेको छ । साथैे बुक बिल्डिङ्ग विधि मार्फत निष्काशित धितोपत्रको लागि योग्य संस्थागत लगानीकर्ता को रुपमा कार्य गर्नका लागि स्वीकृति समेत प्राप्त गरेको छ । 

यस कम्पनी कोष व्यवस्थापक रहिे पुँजी संकलन कार्य सम्पन्न गरि विविधिकृत प्राइभेट इक्वीटी फण्डको रुपमा “नेशनल इक्वीटि फण्ड–१” र उर्जा क्षेत्र लक्षित प्राइभेट इक्वीटी फण्ड को रुपमा “नेशनल हाईड्रो फण्ड–२” संचालन गर्दै आएकोे छ।  क्रेडिट रेटिङ्ग संस्थाद्वारा CARE- NP BBB( Is) [Triple B (Issuer)] रेटिङ्ग प्राप्त यस नेशनल फण्ड म्यानेजमेन्ट लिमिटेडमा सरकारी संस्थाहरुको करिव २७% लगानी रहेको, विभिन्न बैँक, वित्तिय संस्था एवम् एन.आर.एन. हरुको लगानी रही विगत ३ वर्ष देखि लाभाँश वितरण गर्दै आएको छ। 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Prabhu Bank

ताजा समाचार

छुटाउनुभयो कि?

Whatsapp Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको