काठमाडौं महानगरपालिकाले कर नतिर्ने ४४ वटा डान्सबार, दोहोरी र क्लबको नाम सार्वजनिक गरेको छ ।
महानगरपालिकाले मनोरञ्जन कर बुझाउन पटक पटक आग्रह गरेतापनी कर नबुझाएपछी ४४ वटा डान्सबार, दोहोरी र क्लबको नाम सार्वजनिक गरेको हो ।
महानगरले ४४ कम्पनीलाई ३५ दिन भित्र कर बुझाउन निर्देशन दिएको छ । महानगरपालिकाले मंगलाबर सार्वजनिक सूचनामार्फत ३५ दिनभित्र कर बुझाउन आउन आग्रह गरेको हो । उक्त कम्पनीहरुले ३५ दिनभित्र कर नबुझाए आर्थिक ऐन, २०८० को दफा २१ बमोजिम कारबाही गर्ने समेत चेतावनी दिएको छ ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस