Like us!
Follow us!
Connect us!
Watch us!

९७.१६% ले नाफा घटाएको रिलायन्स स्पेनिङ मिल्सको विद्युत प्राधिकरणले लाइन पनि काटयो

अर्थ संसार

बुधबार, २६ असार २०८१, ०९ : ०७ मा प्रकाशित

९७.१६% ले नाफा घटाएको रिलायन्स स्पेनिङ मिल्सको विद्युत प्राधिकरणले लाइन पनि काटयो

सर्वसाधारणलाई निकै महँगोमा बुक बिल्डिङ प्रकियाबाट आईपीओ निष्कासन गर्ने लागेको भनेर आलोचित बनेको रिलायन्स स्पेनिङ मिल्सको नेपाल विद्युत प्राधिकरणले बिजुलीको लाइन काटेको छ। 

प्राधिकरणले डेडिकेटेड फिडर तथा ट्रंकलाइनमार्फत् बिजुली प्रयोग गरेर महसुल नतिरेको भन्दै रिलायन्स स्पेनिङ मिल्सको मंगलबार राति लाइन काटेको हो ।

नेपाल धितोपत्र बोर्डले हत्तारिएर यस कम्पनीले साधारण सेयर जारी गर्न स्वीकृति दिएको थियो। जसको आचोलाना भइरहेको समयमा कम्पनीले हालको वित्तीय अवस्था सर्वाजनिक गरेपछि अझ किन यस कम्पनीलाई यति महँगोमा आईपीओ निष्काशन गर्न स्वीकृति दिइयो भनेर प्रश्न उठाउने आधार भेटिएको छ। चलखेल भएको हो कि भन्ने आशंका थपिएको छ। 

कम्पनीको २०८० असार मसान्तसम्मको तुलनामा यस कम्पनीको नाफा ९७.१६ प्रतिशतले घटेको छ। कम्पनीले सार्वजनिक गरेको विवरणमा कम्पनीको चालु आर्थिक वर्ष २०८०।८१ को तेस्रो त्रैमाससम्मको वित्तीय विवरणअनुसार कम्पनीले २ करोड ६३ लाख रुपैयाँ नाफा मात्र आर्जन गरेको देखिन्छ। २०८० को असार मसान्तसम्म भने कम्पनीले ९२ करोड ७८ लाख रुपैयाँ नाफा आर्जन गरेको थियो ।  

धेरै आचोलाना र प्रश्न उठाएपछि यसै विषयमा प्रतिनिधी सभाको सार्वजनिक लेखा समितिले नेपाल धितोपत्र बोर्डसँग स्पष्टीकरण सोधेको छ ।

प्राधिकरणका अनुसार रिलायन्सको ६० करोड २९ लाख रुपियाँको बक्यौता छ। यो रकममा थप २५ प्रतिशत जरिवानासहितको बिल प्राधिकरणले उद्योगीलाई पठाएको थियो। 

प्राधिकरणले २०७२ माघदेखि २०७५ वैशाखको डेडिकेटेड फिडर तथा ट्रंकलाइनको बक्यौता तिर्न पत्र पठाएको थियो। असार ९ गते ६ अर्ब ६० करोड ७८ लाख रुपैयाँको बक्यौता तिर्न १५ दिनको समय दिएर जानकारीसहितको पत्र पठाएको थियो। 

यता, कम्पनीले भने असार २७ गतेदेखि वैदेशिक रोजगारीमा रहेका नेपाली नागरिकहरूको लागि आइपिओ निष्कासन गर्न लागेको छ। 

हेर्नुहोस भिडियो 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको