Like us!
Follow us!
Connect us!
Watch us!

सपोर्ट लघुवित्तको बोनस सेयर सेयरधनीहरूको खातामा जम्मा

अर्थ संसार

विहीबार, २७ असार २०८१, ०८ : १३ मा प्रकाशित

सपोर्ट लघुवित्तको बोनस सेयर सेयरधनीहरूको खातामा जम्मा

सपोर्ट लघुवित्त वित्तीय संस्था लिमिटेडले प्रदान गरेको बोनस सेयर सम्बन्धित सेयरधनीहरूको हितग्राही खातामा जम्मा भएको छ । 

कम्पनीले गत चैत्र १७ गते सम्पन्न नवौं वार्षिक साधारणसभाबाट १३ प्रतिशत बोनस सेयर पारित गरेको थियो। साधारणसभाका लागि गरेको बुकक्लोज अनुसार पुस १५ गतेसम्म कायम सेयरधनीहरूले मात्रै कम्पनीको बोनस सेयर प्राप्त गरेका छन् ।

सेयर धितो बन्धक राखेर कर्जा लिएका हकमा बोनस सेयर समेत कर्जा प्रवाह गर्ने बैंक तथा वित्तीय संस्थाको नाममै रोक्का जनाई जम्मा गरिएकाले राफसाफ भइसकेको भए फुकुवा गर्न कम्पनीले आग्रह गरेको छ ।

कम्पनीको सेयर रजिष्ट्रारमा आरविवि मर्चेन्ट बैंकिङ लिमिटेड रहेको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Prabhu Bank

ताजा समाचार

छुटाउनुभयो कि?

Whatsapp Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको