Like us!
Follow us!
Connect us!
Watch us!

अपर हेवाखोला हाईड्रोपावरको साधारणसभा सम्पन्न

अर्थ संसार

विहीबार, २७ असार २०८१, १६ : ४४ मा प्रकाशित

अपर हेवाखोला हाईड्रोपावरको साधारणसभा सम्पन्न

अपर हेवाखोला हाईड्रोपावर कम्पनी लिमिटेडले १२औं वार्षिक साधारणसभा बुधबार सम्पन्न गरेको छ । सभाले आर्थिक वर्ष २०७९/८० को मुनाफाबाट सेयरधनीलाई लाभांश दिन असफल भएको छ ।

सभाले स्वतन्त्र सञ्चालकमा शेरबहादुर कार्की र संस्थापक सेयरधनीतर्फ भीमलाल पौड्याललाई नियुक्त गर्ने कम्पनी सञ्चालक समितिको निर्णयलाई अनुमोदन गरेको छ । साथै, रिक्त रहेको सर्वसाधारण तर्फको सञ्चालक पदमा ईन्द्रप्रसाद लामिछानेलाई चयन गरेको छ ।

सभाले कम्पनीको आर्थिक वर्ष २०७९/८० को वार्षिक प्रतिवेदन, वासलात, लेखापरीक्षण प्रतिवेदन, नाफा नोक्सान हिसाब, नगद प्रवाह विवरण लगायतका आर्थिक प्रतिवेदन समेत पारित गरेको छ ।

कम्पनीले ८.५ मेगावाटको अपर हेवाखोला जलविद्युत आयोजना निर्माण सम्पन्न गरि २०७८ चैतदेखि व्यावसायिक उत्पादन गर्दै आएको छ ।

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको