अपर हेवाखोला हाइड्रोपावर कम्पनी लिमिटेडले हकप्रद सेयर निष्कासन गर्ने भएको छ।
अपर हेवाखोला हाइड्रोपावर कम्पनी लिमिटेडले आफ्नो चुक्ता पुँजी ५० करोड रुपैयाँबाट १ अर्ब रुपैयाँ पुर्याउन १ः१ अर्थात शतप्रतिशत हकप्रद शेयर जारी गर्ने निर्णय गरेको छ।
यो निर्णय कम्पनीको फागुन ७ गते बसेको सञ्चालक समिति बैठकमा गरिएको हो। विद्युत नियमन आयोगबाट उक्त प्रस्ताव पारित भए पछि कम्पनीले थप प्रक्रिया अघि बढाउने बताएको छ।
कम्पनीले १५ मेगावाट क्षमताको सिसुवा खोला जलविद्युत आयोजनामा लगानी गर्न र ८.५ मेगावाटको अपर हेवाखोला साना जलविद्युत आयोजना निर्माण गर्दा लागेको ऋण तिर्नका लागि हकप्रद निष्कासन गर्न लागेको हो।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस