Like us!
Follow us!
Connect us!
Watch us!

राजनीतिक स्थिरताका लागि कांग्रेस एमाले मिलेका हौंः रमेश लेखक

अर्थ संसार

शुक्रबार, २८ असार २०८१, १३ : ४९ मा प्रकाशित

राजनीतिक स्थिरताका लागि कांग्रेस एमाले मिलेका हौंः रमेश लेखक

नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले राजनीतिक स्थिरताका लागि कांग्रेस र एमाले एक ठाउमा आएको बताएका छन् ।

शुक्रवार प्रतिनिधिसभा बैठकमा बोल्दै उनले प्रधानमन्त्रीले विश्वासको मत लिने अवसरमा बोल्दै एमाले र कांग्रेसको सहमतिको ठोस आधार रहेको बताए ।  लेखकले प्रधानमन्त्रीले तिन तिन महिनामा विश्वासको मत लिने अवस्था रोक्न नयाँ सहमति गरिएको समेत स्पष्ट गरेका हुन् ।

उनले सरकारमा बसेर फाइल खोल्छु भनेर स्टन्ट मात्र गरिएको भन्दै सुशासन कायम गर्न नसकेको बताउदै नयाँ सरकारले सुशासन दिने काम गर्न नयाँ सहमति गरिएको बताए । लेखकले संबिधान प्रारम्भ भएको आठ बर्षभन्दा बढी समय भएको बताउदै संबिधान प्रारम्भ भए पश्चात यसका राम्रा र नराम्रा पक्ष हेरेर नराम्रा विषयलाई सुधार गर्ने भनेको बताए । उनले अग्रमनका लागि संबिधान संशोधन गर्ने स्पष्ट गरे ।

लेखकले नेपालको राजनीतिमा कांग्रेस रहेसम्म समावेशिता कमजोर नहुने दाबि गर्दै त्यसमा आशंका व्यक्त नगर्न आग्रह गरे । उनले संबिधान छुनै नहुने विषय नभएको उल्लेख गर्दै लेखकले संबिधानमा नै १० बर्षमा पुरावलोकन गर्ने विषय उल्लेख रहेको बताएका छन् ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको