Like us!
Follow us!
Connect us!
Watch us!

रिलायन्सको आईपीओबारे सीआईबीद्धारा अनुसन्धान सुरु

अर्थ संसार

शुक्रबार, २८ असार २०८१, १४ : ३४ मा प्रकाशित

रिलायन्सको आईपीओबारे सीआईबीद्धारा अनुसन्धान सुरु

रिलायन्स स्पिनिङ मिल्स लिमिटेडेको साधारण सेयर (आईपीओ) निष्काशन सम्बन्धमा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले पनि अनुसन्धान अघि बढाएको छ । 

किर्ते कागज बनाएको, अस्वाभाविक रुपमा बढी मूल्य निर्धारण गरेको र नियामक निकाय नेपाल धितोपत्र बोर्डले नियोजित रुपमा आईपीओ स्वीकृत गरेको भन्दै जाहेरी परेपछि जाहेरीको आधारमा छानविन अघि बढाएको सीआईबीको भनाई छ । 

सीआईबीले पहिलो चरणमा प्रारम्भिक अध्ययन गर्न धितोपत्र बोर्डलाई पत्रचार गरेको छ । सीआईबीकाअनुसार बोर्डले एक महिनाभित्र यसबारे प्रारम्भिक अध्ययन गरेर प्रतिवेदन बुझाउने छ ।  त्यसपछि सीआईबीले यसबारे थप अनुसन्धान अघि बढाउने छ। 

रिलायन्स स्पिनिङ मिल्सले बुक बिल्डिङ विधिबाट आईपीओ निष्काशन गर्ने प्रक्रिया अघि बढाएको थियो ।प्रतिकित्ता ८२०.८० रुपियाँमा कम्पनीले सर्वसाधारणलाई ११ लाख ५५ हजार ९६० कित्ता सेयर निष्काशन गर्न प्रक्रिया अघि बढाएको थियो । यसका लागि नेपाल धितोपत्र बोर्डले गत असार १२ गते स्वीकृत दिएको थियो । त्यसपछि कम्पनीले पहिलो चरणमा असार २७ गते अर्थात् हिजोदेखि वैदेशिक रोजगारमा रहेका नेपालीलाई एक लाख १५ हजार कित्ता सेयर बिक्री गर्दै थियो । 

तर, यसबारे संसद्को लेखा समितिले स्पष्टीकरण सोधेपछि बोर्डले गत मंगलबार नै कम्पनीलाई आईपीओ निष्काशन प्रक्रिया स्थगित गर्न भनेको थियो । त्यसपछि कम्पनीले आईपीओ निष्काशन प्रक्रिया यथावत राखेको छ । साथै, बोर्डले लेखा समितिलाई जवाफ दिने प्रक्रिया पनि अघि बढाएको छ । सो अवस्थामा सीआईबीले पनि यसको छानविन अघि बढाएको हो । योसँगै कम्पनीको आईपीओ निष्काशन थप अन्योलमा परेको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

Garima Capital

धेरै पढिएको