Like us!
Follow us!
Connect us!
Watch us!

विद्युत बक्यौता नतिरि रिलायन्सले पायो आईपीओ निष्कासन अनुमति, भर्ने कि नभर्ने ?

अर्थ संसार

सोमबार, १७ असार २०८१, ११ : ४६ मा प्रकाशित

रिलायन्स स्पिनिङ मिल्सले आईपीओ निष्कासन गर्न नेपाल धितोपत्र बोर्डबाट स्वीकृती पाएको छ ।

बुक विल्डिङ प्रक्रियामा रहेको कम्पनीलाई बोर्डले ६० प्रतिशतले हुन आउने ११ लाख ५५ हजार ९६० कित्ता आईपीओ निष्कासनका लागि स्वीकृती दिएको हो । कम्पनीले प्रतिकित्ता ८२०.८० रुपैयाँका दरले हुन आउने ९४ करोड ८८ लाख रुपैयाँ ११ हजार ९६८ रुपैयाँ बराबरको आईपीओ निष्कासन गर्नेछ ।

नेपाल धितोपत्र बोर्डको अध्यक्षको जिम्मेवारी सम्हालिरहेका अर्थ मन्त्रालयका सहसचिव नरेन्द्रकुमार रानाको निर्णयबाट बुधबार कम्पनीलाई आईपीओ निष्कासन गर्न अनुमति दिएको हो ।

योग्य संस्थागत लगानीकर्तालाई बुक विल्डिङ विधिबाट आईपीओ बिक्री गरिसकेको कम्पनीले गत माघ २३ गते धितोपत्र बोर्डमा निवेदन दिँदै सर्वसाधारणलाई आईपीओ निष्कासन गर्न अनुमति मागेको थियो ।

यसको मूल्य ६०८ देखि ९१२ रुपैयाँसम्म प्रस्ताव गरिएको थियो । संस्थागत लगानीकर्ताले पेश गरेको बोलपत्रको आधारमा कम्पनीको कटअफ मूल्य प्रतिकित्ता ९१२ रुपैयाँ तोकिएको थियो । कटअफ मूल्यमा अब १० प्रतिशत घटाएर ८२०.८० रुपैयाँ प्रतिकित्तामा सर्वसाधारणलाई आईपीओ निष्कासन हुनेछ ।

बुक विल्डिङ विधिबाट आईपीओ निष्कासन गरेकोे दोस्रो कम्पनी रिलायन्स स्पिनिङको आईपीओ भर्नका लागि ४१ हजार ४० रुपैयाँ आवश्यक पर्नेछ ।न्युनतम ५० कित्ता सेयरको लागि आवेदन गर्नुपर्ने हुँदा सो रकम आवश्यक पर्ने भएको हो ।

उक्त विधि अनुसार आईपीओ निष्कासन गर्दा हुँदा न्यूनतम ५० कित्ताको लागि आवेदन दिनुपर्छ भने सेयर बाँडफाँट गर्दा पनि एक आवेदकलाई न्यूनतम ५० कित्ता बाँडफाँट गर्नैपर्छ ।कम्पनीले सर्वसाधारणको लागि छुट्याएको ६० प्रतिशतले हुन आउने ११ लाख ५५ हजार ९६० कित्ता सेयर निष्कासन गर्नेछ । 

गत वर्ष पुस १९ गते धितोपत्र बोर्डका तत्कालिन अध्यक्ष रमेशकुमार हमालले यो कम्पनीलाई योग्य संस्थागत लगानीकर्ता आईपीओ बिक्री गर्न अनुमति दिएका थिए । कम्पनीको वित्तीय विवरण पनि नाजुक रहेको छ ।

यसका साथै नेपाल विद्युत प्राधिकरणलाई विद्युत महसुलबापतकोे १ अर्ब ७१ करोड रुपैयाँभन्दा बढी बक्यौता रकम तिर्न बाँकी रहेको रिलायन्स स्पिनिङलाई प्रोभिजन नै गर्न नलगाई आर्थिक चलखेलका आधारमा मापदण्डविपरीत उच्च मूल्यमा बुक बिल्डिङमार्फत आइपीओ निकाल्न अनुमति दिइएकोे छ । 

रिलायन्स स्पिनिङले विद्युतको बक्यौता तिर्दा रिलायन्सको नेटवर्थमा उच्च गिरावट आउनेछ । त्यसरी बक्यौता रकम तिर्दा रिलायन्सले उक्त रेन्जमा बुक बिल्डिङमा जानै मिल्दैन । तर, अध्यक्षको जिम्मेवार पाएका रानाको एकल निर्णयबाट त्यस्ता विषयमा नजरअन्दाज गरी रिलायन्स स्पिनिङले सर्वसाधारणका लागि बुक बिल्डिङमा आइपीओ ल्याउन अनुमति दिएका हुन् ।चालू आर्थिक वर्ष २०८०/८१ को अपरिष्कृत वित्तीय प्रतिवेदन अनुसार कम्पनीको प्रतिसेयर नेटवर्थ २४९.४८ रुपैयाँ छ ।

कम्पनीको प्रतिसेयर आम्दानी एक रुपैयाँभन्दा तल अर्थात् ९६ पैसा मात्रै छ । चालु आर्थिक वर्षको असोज मसान्तसम्म यो कम्पनीको प्रतिसेयर आम्दानी (ईपीएस) भने ०.९६ रुपैयाँमात्र रहेको छ । हाल कम्पनीको चुक्तापूँजी १ अर्ब ७० करोड ७३ लाख ४० हजार रुपैयाँ छ । सेयर निष्कासन तथा बिक्री प्रबन्धकमा ग्लोबल आइएमई क्यापिटल छ । कम्पनीको वास्तविक वित्तीय स्वास्थ्य भने निकै कमजोर रहने भएकोले लगानीकर्ताहरु फस्ने सम्भावना धेरै देखिन्छ ।


 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको