Like us!
Follow us!
Connect us!
Watch us!

एण्डरसनको बिदाई खेलमा ईङल्याण्ड विजयी

अर्थ संसार

शुक्रबार, २८ असार २०८१, २२ : ११ मा प्रकाशित

एण्डरसनको बिदाई खेलमा ईङल्याण्ड विजयी

ईङल्याण्डले वेस्ट इन्डिजविरुद्धको टेस्ट सिरिजमा विजयी शुरुवात गरेको छ । वेस्ट इन्डिज विरुद्धको टेस्ट सिरिजको पहिलो खेलमा ईङल्याण्डले एक इनिंग र ११४ रनले जित हासिल गरेको छ ।

यस टेस्टमा वेस्ट इन्डिजले पहिला ब्याटिंग गर्दै १२१ रन बनाएको थियो भने ईङल्याण्डले आफ्नो पहिलो इनिंगमा ३७१ रन बनाएको थियो । टेस्टको तेस्रो दिन आज वेस्ट इन्डिज आफ्नो दोस्रो इनिंगमा १३६ रन मात्र बनाएर अल आउट भएपछि ईङल्याण्ड एक इनिंग र ११४ रनले विजयी भएको हो ।

यो खेलमा खेलेसँगै ईङल्याण्डका तिब्र गतिका बलर जेम्स एन्डरसनले क्रिकेटलाई अल बिदा गरेका छन् ।

४१ बर्षिय एण्डरसनले यस टेस्टको पहिलो इनिंगमा एक र दोस्रो इनिंगमा ३ विकेट लिएका थिए । उनले ईङल्याण्डक लागि कुल १८७ टेस्ट खेल्दै ७०४ विकेट लिएका छन् । उनी टेस्ट क्रिकेटको इतिहासमा सर्बाधिक विकेट लिने तिब्र गतिका बलर हुन् ।

यस टेस्टमा डेभ्यु गरेका ईङल्याण्डका बलर गस एटकिन्सनले पहिलो इनिंगमा ७ र दोस्रो इनिंगमा ५ गरि कुल १२ विकेट र खेलको प्लेयर अफ द म्याच बनेका छन् ।  

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

Garima Capital

धेरै पढिएको