नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली भोलि प्रधानमन्त्रीमा नियुक्त हुँदैछन् । कांग्रेस र एमालेले राष्ट्रपतिसमक्ष नयाँ सरकार बनाउन दाबी गरेअनुसार आइतबार एमाले अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री बन्दै छन् ।
राष्ट्रपति रामचन्द्र पौडेलले शुक्रबार आइतबार साँझ पाँच बजेसम्मको समय सीमा तोकेर संविधानको धारा ७६(२) अनुसार प्रधानमन्त्रीमा दाबी गर्न आह्वान गरेका थिए । त्यसपछि शुक्रबार राति नै कांग्रेस सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष ओली राष्ट्रपति भवन शीतलनिवास पुगेर सरकार बनाउने दाबी पेस गरेका थिए ।
राष्ट्रपति पौडेलले आफूले दिएको समय सीमापछि मात्र ओलीलाई प्रधानमन्त्री नियुक्त गर्नेछन् ।
ओेली प्रधानमन्त्रीमा भोलि (आइतबार) नियुक्त भएपनी शपथ ग्रहण भने सोमबार हुने बताइएको छ । प्रधानमन्त्रीको शपथ लिएपछि ओलीले मन्त्रिपरिषद् विस्तार गर्नेछन् ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस