Like us!
Follow us!
Connect us!
Watch us!

ओलीको सरकारमा को बन्छ अर्थमन्त्री ?

अर्थ संसार

आइतबार, ३० असार २०८१, १३ : ४० मा प्रकाशित

ओलीको सरकारमा को बन्छ अर्थमन्त्री ?

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली आज आइतबार चौथो पटक कार्यकारी पद प्रधानमन्त्रीमा नियुक्त हुँदैछन् ।

पुष्पकमल दाहाल ‘प्रचण्ड’ले शुक्रबार संसद्मा विश्वासको मत नपाएर पदमुक्त भएपछि संसद्का दुई ठूला दल नेपाली कांग्रेस र नेकपा एमालेको समर्थनमा एमाले अध्यक्षसमेत रहेका संसदीय दलको नेता ओलीले शुक्रबार राति नै राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष प्रधानमन्त्री नियुक्तिका लागि दाबी पेस गरेका थिए ।

राष्ट्रपतिले शुक्रबार नै संविधानको धारा ७६ को उपधारा २ बमोजिम प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने दुई वा दुईभन्दा बढी दलहरूको समर्थनमा बहुमत प्राप्त गर्नसक्ने प्रतिनिधिसभा सदस्यलाई प्रधानमन्त्री दाबी गर्न आइतबार साँझ ५ बजेसम्मको म्याद दिएका थिए । सोही म्यादअनुसार ओलीले प्रधानमन्त्रीमा शुक्रबार नै दाबी पेस गरेका हुन् ।

यसैबीच नयाँ अर्थमन्त्री को बन्ने भन्ने चर्चा निकै नै चलेको छ । कांग्रेस एमालेको नयाँ गठबन्धनमा नयाँ अर्थमन्त्री को बन्छ अहिले नै एकिन भने भइसकेको छैन । तर पनी नयाँ अर्थमन्त्रीमा नेकपा एमालेबाट विष्णु पौडेलको नाम सर्वाधिक चर्चामा रहेको छ । सेयर बजारमा सर्वाधिक मन पराउने नाम भएकाले पनी विष्णु पौडेललाई अर्थमन्त्रीमा लगानीकर्ताले रुचाइरहेका छन् ।   ।

अब माओबादी प्रतिपक्षमा बसेसँगै नेकपा एमालेले अर्थ मन्त्रालयको जिम्मेवारी लिने देखिएको छ । एमालेबाट अर्थमन्त्री बन्दा पुनः  विष्णु पौडेलले जिम्मेवारी पाउने  लगभग निश्चित भएको छ ।

हालका नेताहरूमध्ये एमालेबाट अर्थमन्त्री बनेकोमा सुरेन्द्र पाण्डे, युवराज खतिवडा र विष्णु पौडेलसँग अर्थमन्त्रीको जिम्मेवारी सम्हालेको अनुभव छ । उता, सत्ता गठबन्धनको भागबण्डामा अर्थमन्त्रालय कसको भागमा पर्दछ भन्ने कुरामा अर्थमन्त्री को बन्छ भन्ने कुरा निर्भर गर्ने देखिन्छ । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको