Like us!
Follow us!
Connect us!
Watch us!

मातृभूमि लघुवित्त वित्तीय संस्थाको अध्यक्षमा लोकराज शर्मा

अर्थ संसार

आइतबार, ३० असार २०८१, १५ : ०१ मा प्रकाशित

मातृभूमि लघुवित्त वित्तीय संस्थाको अध्यक्षमा लोकराज शर्मा

मातृभूमि लघुवित्त वित्तीय संस्थाको अध्यक्षमा लोकराज शर्मा चयन भएका छन्।

कम्पनीको गत असार २७ गते बसेको सञ्चालक समितिको बैठकले अध्यक्षमा शर्मालाई चयन गरेको हो ।

यसैगरी, सोही बैठकले शम्भुप्रसाद घिमिरे,खडानन्द सापकोटा,भरतबहादुर हमाल,अर्जुन श्रेष्ठ, सुष्मा गौतम र बिमला योगीलाई  सञ्चालक समितिमा चयन गरेको छ । गत बिहीबारदेखि उक्त कम्पनीले एकीकृत वित्तीय कारोबार शुरु गरेको थियो । 

एकीकृत वित्तीय कारोबारको शुभारम्भ नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर बम बहादुर मिश्रले गरेका थिए । साविकको किसान लघुवित्त र जाल्पा सामुदायिक लघुवित्त मर्ज भई मातृभूमि लघुवित्तको नामबाट एकीकृत कारोबार सञ्चालन गरेका छन् ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Whatsapp Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको