Like us!
Follow us!
Connect us!
Watch us!

मातृभूमि लघुवित्तले माग्यो सीईओ

अर्थ संसार

बुधबार, ०२ साउन २०८१, १२ : ३२ मा प्रकाशित

मातृभूमि लघुवित्तले माग्यो सीईओ

 मातृभूमि लघुवित्त वित्तीय संस्थाले खुला प्रतिस्पर्धाबाट प्रमुख कार्यकारी अधिकृत (सीईओ) चयन गर्ने भएको छ । साविकको किसान लघुवित्त र साविकको जाल्पा सामुदायिक लघुवित्तबीच मर्जरपश्चात् बनेको मातृभूमि लघुवित्तले खुला प्रतिस्पर्धाबाट सीईओ चयन गर्ने भएको हो ।

लघुवित्तले बुधबार एक सूचना प्रकाशन गरी सीईओका लागि आवेदन आह्वान गरेको छ । इच्छुक योग्य व्यक्तिले निवेदनका साथ हालै खिचेको पासपोर्ट साईजको फोटो, नागरिकताको प्रमाणपत्रको प्रतिलिपि, बायोडाटा, शैक्षिक तथा कार्य अनुभवको प्रमाणपत्रको प्रतिलिपिसहित साउन ९ गतेभित्र दरखास्त आवेदन दिन लघुवित्तले आग्रह गरेको हो ।

मान्यता प्राप्त शिक्षण संस्थाबाट चार्टड एकाउन्टेन्सी वा व्यवस्थापन, बैंकिङ, वित्तीय, मौद्रिक अर्थशास्त्र, वाणिज्यशास्त्र, लेखाशास्त्र, तथ्यांकशास्त्र, गणितशास्त्र, व्यापार प्रशासन, जनप्रशासन, ग्रामीण विकास, कृषि, समाजशास्त्र वा कानुन विषयमा स्नातकोत्तर वा सो सरहको परीक्षा उत्तीर्ण गरेको व्यक्तिले आवेदन दिन पाउने छन्। त्यसैगरी, कुनै पनि बैंक तथा वित्तीय संस्थामा अधिकृत वा सोभन्दा माथिको तहमा रही कम्तिमा १० वर्षको कार्यानुभव हासिल गरेको हुनुपर्नेछ ।

सीईओका लागि आवेदन दिंदा ४० वर्ष पुरा भई ६० वर्ष ननाघेको हुनुपर्ने छ । सूचना अनुसार व्यवसायिक योजना, प्रस्तुतिकरण तथा अन्तरवार्ताका माध्यमबाट छनोट गरिनेछ । 

66976a217b5e7.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

Garima Capital

धेरै पढिएको