Like us!
Follow us!
Connect us!
Watch us!

चालु आर्थिक वर्ष सकिन १ दिन बाँकी: राजस्व संकलन १० खर्ब १६ अर्ब

अर्थ संसार

आइतबार, ३० असार २०८१, १६ : १० मा प्रकाशित

चालु आर्थिक वर्ष सकिन १ दिन बाँकी: राजस्व संकलन १० खर्ब १६ अर्ब

चालु आर्थिक वर्ष सकिन अब १ दिन मात्रै बाँकी रहेको भए पनि अपेक्षितरूपमा राजस्व संकलन हुन सकेको छैन्।

सरकारको दैनिक हिसाब–किताब राख्ने महालेखा नियन्त्रक कार्यालयका अनुसार हालसम्म कूल १० खर्ब १६ अर्ब रुपैयाँ राजस्व संकलन गरेको छ ।कार्यालयका अनुसार सरकारले चालू आवको बजेटमा १४ खर्ब २२ अर्ब रुपैयाँ राजस्व संकलन गर्ने लक्ष्य राखेको थियो ।  यो शनिबार मात्रै २० अर्ब ३८ करोड रुपैयाँ राजस्व  संकलन भएको कार्यालयको तथ्यांक छ । शुक्रबार १० खर्ब १४ अर्ब रुपैयाँ राजस्व संकलन भएको थियो । 

कर उठाउनकै लागि नेपाल राष्ट्र बैंकको निर्देशनमा बैंक तथा वित्तीय संस्थाले शनिबार सार्वजनिक विदाको दिन पनि शाखा कार्यालयहरु खुला राखेपनी लक्ष्यसम्म पुग्न सरकार असफल भएको छ ।  

त्यस्तै,सरकारले चालू पूँजीतर्फको सम्पूर्ण खाता अघिल्लो साताबाट बन्द गरिसकेको छ ।  हालसम्म ६०.८६ प्रतिशत पूँजीगत खर्च भएको छ । तर, पनि पूँजीगत खर्च भइरहेको छ । शनिबार एकैदिन १ अर्ब ४२ करोड रुपैयाँ  खर्च भएको छ । हालसम्म सरकारले १ खर्ब ८३ अर्ब रुपैयाँ पूँजीगत खर्च गरेको छ । चालू आर्थिक वर्षमा सरकारले  पूँजीगततर्फ ३ खर्ब ७ अर्ब रुपैयाँ खर्च गर्ने लक्ष्य राखेको थियो ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

Garima Capital

धेरै पढिएको