Like us!
Follow us!
Connect us!
Watch us!

घरजग्गा कारोबारबाट भदौ महिनामा ३ अर्ब ८३ करोड राजस्व संकलन

अर्थ संसार

शुक्रबार, ०४ असोज २०८१, १६ : २८ मा प्रकाशित

घरजग्गा कारोबारबाट भदौ महिनामा ३ अर्ब ८३ करोड राजस्व संकलन

चालू आर्थिक वर्ष ०८१/८२ को  भदौ महिनामा घरजग्गा कारोबारबाट ३ अर्ब ८३ करोड ५० लाख ८२ हजार रुपैयाँ राजस्व संकलन भएको छ ।

विभागका अनुसार यो एक महिनामा ३ हजार ८ सय ८८ वटा घरजग्गाको नामसारी (कारोबार) भएको छ । ३२ हजार ७९८ वटा घरजग्गाको लिखत पारित भएको छ ।  भने ३६ हजार ८१९ वटा घरजग्गा रोक्का र २५ हजार २६१ वटा घरजग्गा फुकुवा गरिएकोको छ ।

भदौ महिनामा २७ हजार ८ सय ४३ कित्ता जग्गाको कित्ताकाट गरेर ६१ हजार ३३२ कित्तामा विभाजन गरिएको छ ।

विभागका अनुसार सबैभन्दा धेरै राजस्व संकलन भूमि सुधार तथा मालपोत कार्यालय, लगनखेलबाट संकलन भएको छ । उक्त मालपोतबाट ३४ करोड २७ लाख ४१ हजार रुपैयाँ राजस्व संकलन भएको छ ।

यसैगरी, मालपोत कार्यलय डिल्लीबजारबाट २९ करोड ३९ लाख ६७ हजार रुपैयाँ ,भक्तपुरबाट २३ करोड ३७ लाख २२ हजार, चावहिलबाट २२ करोड ४२ लाख ७७ हजार, कलंकीबाट २२ करोड २७ लाख ८ हजार रुपैयाँ राजस्व संकलन भएको छ ।

यसैगरी, मालपोत कार्यालय, सिमराबाट १७ करोड ३२ लाख ५६ हजार, कास्कीबाट १४ करोड ६९ लाख ८५ हजार, चितवनबाट ११ करोड ७२ लाख ६३ हजार, मनमैजुबाट ९ करोड ५३ लाख ९५ हजार र माइनरुवाबाट ९ करोड २१ लाख ८८ हजार रुपैयाँ राजस्व संकलन भएको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको