Like us!
Follow us!
Connect us!
Watch us!

धितोपत्र ब्रोकर्श र अर्थमन्त्री बीच छलफल,पूँजीबजार सुधार गर्ने अर्थमन्त्री पौडेलको प्रतिबद्धता

अर्थ संसार

मंगलबार, ०१ साउन २०८१, १७ : ०० मा प्रकाशित

धितोपत्र ब्रोकर्श र अर्थमन्त्री बीच छलफल,पूँजीबजार सुधार गर्ने अर्थमन्त्री पौडेलको  प्रतिबद्धता

अर्थमन्त्री विष्णु पौडेलले पूँजी बजारप्रति आफू सकारात्मक रहेको बताएका छन् । उनले यस क्षेत्रको विकास र स्थायित्वका लागि सक्रियतापूर्वक पहल गर्ने प्रतिबद्धता पनि जनाए । 

धितोपत्र ब्रोकर्श एशोसिएसन नेपालका अध्यक्ष सागर ढकालको नेतृत्वमा बधाई ज्ञापन गर्न गएको एशोसिएसनका पदाधिकारीहरुसँग अर्थमन्त्री पौडेलले उक्त प्रतिबद्धता जनाएका हुन् । 

सिंहदरबार स्थित अर्थमन्त्री पौडेलको कार्यकक्षमा भएको भेटघाटमा एशोसिएसनका तर्फबाट अध्यक्ष ढकालले नवनियुक्त अर्थमन्त्रीबाट पूँजी बजारले यसको सुधार र विकासका लागि अग्रगामी नेतृत्वको आशा गरेको बताउँदै सफल कार्यकालको शुभकामना तथा बधाई ज्ञापन गरे । 
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको