Like us!
Follow us!
Connect us!
Watch us!

इङल्याण्डका प्रशिक्षक साउथगेटद्वारा राजीनामा

अर्थ संसार

मंगलबार, ०१ साउन २०८१, २१ : ४० मा प्रकाशित

इङल्याण्डका प्रशिक्षक साउथगेटद्वारा राजीनामा

इङल्याण्डको राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक ग्यारेथ साउथगेटले राजीनामा दिएका छन् । हालै सम्पन्न युरोकपमा फाइनलमा पुगेर पराजित भएपछि साउथगेटले राजीनामा दिएका हुन् ।

उनको नेतृत्वमा इङल्याण्ड लगातार दोस्रो पटक युरोकपको फाइनलमा पुगेर पराजित भएको थियो ।

२०१६ को सेप्टेम्बर २७ देखि इङल्याण्डको प्रशिक्षक बनेका साउथगेटको नेतृत्वमा इङल्याण्डले कुल १०२ खेल खेलेको थियो । जसमा ६१ खेल जितेको छ भने २४ खेल बराबरी खेलेको थियो । त्यस्तै १७ खेलमा हार बेहोरेको थियो ।

५३ बर्षिय साउथगेटको इङल्याण्डको प्रशिक्षकको रुपमा आगामी डिसेम्बरसम्म सम्झौता रहेको थियो । तर युरोकपको फाइनलमा हारपछि उनले प्रशिक्षक छोड्ने अनुमान गरिएको थियो ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

Garima Capital

धेरै पढिएको