Like us!
Follow us!
Connect us!
Watch us!

ट्रम्पले बनाए सिनेटर जेडी भान्सलाई उपराष्ट्रपतिको उम्मेदवार

अर्थ संसार

बुधबार, ०२ साउन २०८१, ०७ : २० मा प्रकाशित

ट्रम्पले बनाए सिनेटर जेडी भान्सलाई उपराष्ट्रपतिको उम्मेदवार

अमेरिकी पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पले ओहायोबाट रिपब्लिकन सिनेटर जेडी भान्सलाई उपराष्ट्रपतिको उम्मेदवारका रूपमा चयन गरेका छन् ।

ट्रम्पले सोमबार आफ्नो ट्रुथ सामाजिक सञ्जालमा यो घोषणा गरेका हुन् । भ्यान्स ट्रम्पको आलोचक थिए तर पछि उनको सहयोगी बने।

ओहायोबाट पहिलो पटक सिनेटरमा निर्वाचित भएका भ्यान्सको कन्जरभेटिभ मतको राम्रो आधार छ । भान्सलाई उपराष्ट्रपतिको उम्मेदवार बनाउनुले रिपब्लिकन पार्टीमा ठूलो संख्यामा कन्जरभेटिभ मतदातालाई आकर्षित गर्न सक्ने बताइएको छ ।

रिपब्लिकनबाट उपराष्ट्रपतिको दौडमा फ्लोरिडाका सिनेटर मार्को रुबियो, नर्थ डकोटाका गभर्नर डग बर्गमलगायत दौडमा रहेका थिए ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको