Like us!
Follow us!
Connect us!
Watch us!

एनएमबि बैंकले ८.९९ प्रतिशतमा ७ वर्षका लागि इभि अटो लोन दिने

अर्थ संसार

बुधबार, ०२ साउन २०८१, ०९ : २७ मा प्रकाशित

एनएमबि बैंकले ८.९९ प्रतिशतमा ७ वर्षका लागि इभि अटो लोन दिने

एनएमबि बैंकले विद्युतीय सवारी साधनहरूमा ७ वर्षको अवधिका लागि मात्र ८.९९ प्रतिशत निश्चित ब्याजदरमा उपलब्ध गराएको छ ।

नेपालमा विद्युतीय सवारी साधनको प्रयोगलाई प्रवर्द्धन गर्ने र दिगो भविष्यलाई समर्थन गर्ने उद्देश्यका साथ बैंकले विद्धुतीय गाडी सेग्मेन्टमा कम ब्याजदरमै लोन उपलब्ध गरेको हो ।

ग्राहकहरूले अब सजिलै आफ्नो विद्युतीय सवारी साधन फाइनान्स गरी दिगो भविष्य तर्फ योगदान दिन सक्नेछन् । लचिलो भुक्तानी विकल्पहरू र द्रुत स्वीकृति प्रक्रियाहरूसहित, ग्राहकहरूले सजिलै एनएमबि सुलभ अटो लोन लिन सक्नेछन् । एनएमबी बैंकले हाल देशभर २०१ शाखाहरू, १८७ एटिएम र ११ एक्स्टेन्सन काउन्टरहरू मार्फत उच्चस्तरीय सेवा प्रदान गर्दै आइरहेको बैंकले जनाएकाे छ ।

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको