Like us!
Follow us!
Connect us!
Watch us!

निजी क्षेत्रको मनोबल टुटे सबै कुरा टुट्छः अर्थमन्त्री पौडेल

अर्थ संसार

विहीबार, ०३ साउन २०८१, १५ : ४४ मा प्रकाशित

निजी क्षेत्रको मनोबल टुटे सबै कुरा टुट्छः अर्थमन्त्री पौडेल

उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णु पौडेलले अहिलेको मुख्य चुनौती निजी क्षेत्रको आत्मबल बढाउनु रहेको बताएका छन् । बिहीबार सिंहदरबारमा नेपाल उद्योग परिसंघका पदाधिकारीहरुसँगको कुराकानीमा अर्थमन्त्री पौडेलले विश्वास जागृत गर्न नसकेसम्म देश अघि बढ्न नसक्ने बताए ।

अहिलेको आफ्नो चुनौती निराशा चिर्ने र आशा जगाउने रहेको उनले बताए । निजी क्षेत्रको मनोबल टुटेको खण्डमा सबै कुरा टुट्ने भन्दै बजारको माग, उत्पादन, क्रय शक्तिको वृद्धि गर्न ध्यान दिने बताए । अहिलेका चुनौतीका समस्याहरुको सामना गर्न आफू लागि परेको पनि बताए ।

‘अहिलेको मुख्य समस्या भनेकै जबसम्म हामीले विश्वास जागृत गर्दैनौँ, त्यो आत्मविश्वास दिँदैनौँ, देश कतै पनि अघि बढ्नै सक्दैन,’ उनले भने, ‘ अहिलेको समस्या भनेको निराशा चिर्ने, आशा जगाउने हो । के गर्दा हुन्छ, तेल हाल्दा हुन्छ की, घ्यु हाल्दा, दियो बाल्दा, मैनबत्ती बाल्दा हुन्छ की, टर्च लाइट बाल्दा हुन्छ निराशा चिरेर आशा जगाउनुपर्छ ।’

उनले पछिल्लो समय कालोसूचीमा पर्नेको संख्या बढिरहेको  बताए ।

‘कालोसूची बढेको छ, लिलामी बढेको छ । रोजगारी घटेको छ । समस्याको चाङ छ । उत्साही भएर जानुस्,’ उनले भने, ‘यो चुनौती कसरी सामना गर्ने ? यसका विभिन्न कारण छ । यसको आन्तरिक र वाह्य कारण छ । आन्तरिकमा राजनीतिक कारण पनि छ । मुख्य रुपमा देशमा स्थिरता र स्थायित्व भएन भने त्यसको बहुआयामिक प्रभाव हुन्छ ।’

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको