Like us!
Follow us!
Connect us!
Watch us!

आर्थिक अनुशासन र जवाफदेहिता कायम गर्नु सरकारको महत्त्वपूर्ण जिम्मेवारी : अर्थमन्त्री

अर्थ संसार

आइतबार, ०६ साउन २०८१, १० : २१ मा प्रकाशित

आर्थिक अनुशासन र जवाफदेहिता कायम गर्नु सरकारको महत्त्वपूर्ण जिम्मेवारी : अर्थमन्त्री

उपप्रधान एवं अर्थमन्त्री विष्णु पौडेलले आर्थिक अनुशासन, पारदर्शिता र जवाफदेहिता कायम गर्नु सरकारको सबैभन्दा महत्त्वपूर्ण जिम्मेवारी भएको बताएका छन् ।

नेपाल चार्टर्ड एकाउन्टेन्ट संस्थाले शनिबार आयोजना गरेको कार्यक्रममा उनले राज्यका निकायमा चार्टर्ड एकाउन्टेन्ट नियुक्त गरी लेखापरीक्षणको व्यवस्था मिलाउनुपर्नेमा जोड दिए ।

अर्थमन्त्री पौडेलले देशमा देखिएको आर्थिक समस्या क्रमशः समाधान हुने विश्वास व्यक्त गर्दै भने, ‘देशमा जे जस्ता आर्थिक समस्या देखिएका छन्, ती समस्या समाधान गर्दै आर्थिक शिथिलताको अवस्थाबाट मुलुकलाई बाहिर निकाल्न हामी लागिपर्छौँ ।’

आर्थिक क्षेत्रमा देखिएका समस्या समाधानका निम्ति सरकारले सार्थक प्रयास गर्ने उनले विश्वास दिलाए । आउँदा दिनमा आर्थिक क्षेत्र सकारात्मक दिशामा अगाडि बढ्ने उनले उल्लेख गरे ।

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको