Like us!
Follow us!
Connect us!
Watch us!

सौर्य एयरलाइन्स जहाज दुर्घटना: पोखरा घुम्न जान लागेका एकै परिवारको तीनजनाको मृत्यु

अर्थ संसार

बुधबार, ०९ साउन २०८१, १५ : ३८ मा प्रकाशित

सौर्य एयरलाइन्स जहाज दुर्घटना: पोखरा घुम्न जान लागेका एकै परिवारको तीनजनाको मृत्यु

सौर्य एयरलाइन्सको विमान दुर्घटनामा एकै परिवारका तीनजनाको मृत्यु भएको छ ।

बुधबार बिहान ११ बजेर ११ मिनेटमा काठमाडौंबाट पोखरा उडेको सौर्य एयरको विमान उड्नासाथ दुर्घटना हुँदा १८ जनाको मृत्यु भएको थियो । मृत्यु हुनेमध्ये तीनजना एउटै परिवारको भएको पाइएको छ ।

जहाजमा सवार मनुराज शर्मा, प्रिजा खतिवडा र अधिराज शर्माको मृत्यु भएको हो । मनुराज र प्रिजा श्रीमान्-श्रीमती हुन् भने अधिराज उनीहरूका छोरा हुन् । प्रिजा ऊर्जा मन्त्रालयमा कम्प्युटर अपरेटरका रूपमा कार्यरत थिइन् ।

प्राविधिक मनुराज पोखरा जाने भएपछि श्रीमती प्रिजालाई अफिसबाट र छोरा अधिराजलाई विद्यालयबाट बोलाएर घुम्न पोखरा लग्दै थिए ।

 

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको