Like us!
Follow us!
Connect us!
Watch us!

दुर्घटनापछि सौर्य एयरलाइन्सको उडान अनिश्चितकालका लागि बन्द

अर्थ संसार

विहीबार, १० साउन २०८१, १५ : ३१ मा प्रकाशित

दुर्घटनापछि सौर्य एयरलाइन्सको उडान अनिश्चितकालका लागि बन्द

बुधबार निजी क्षेत्रको हवाई कम्पनी सौर्य एयरलाइन्सको जहाज त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थल क्षेत्रमा दुर्घटनामा परेपछि उक्त एयरलाइन्सको उडान अनिश्चितकालका लागि बन्द गरेको छ । 

यो वायुसेवासँग सीआरजे २०० नामक ५० सिट क्षमतका ३ वटा जहाजमध्ये अझै २ वटा छन् । एउटा जहाज एयरवर्दी (उडान योग्य) र अर्को एउटा भने मर्मतमै छ । यो वायुसेवा शोकमा डुबेकोले अर्को सूचना जारी नभएसम्को लागि उडान बन्द गरेको भए पनि यसलाई उडान गर्नमा कुनै बाधा नभएको नेपाल उड्यन प्राधिकरणले जानकारी दिएको छ ।   

२१ वर्ष ४ महिनादेखि यात्रु सेवामा रहेको यो विमान इन्जिन परीक्षणका लागि बिहीबार काठमाडौंबाट पोखरा विमानस्थल जाँदै गर्दा दुर्घटनामा परेको थियो । जसमा १८ जनाको मृत्यु भएको छ । 

एयरलायन्सले अहिले विराटनगर, भद्रपुर, भैरहवा र धनगढीमा दोहोरो उडान गरिरहेको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको