Like us!
Follow us!
Connect us!
Watch us!

ओली गैरकानूनी रूपमा प्रधानमन्त्री भएका हुन्, सर्वोच्चले खारेज गर्छ:लेखनाथ दाहाल

अर्थ संसार

मंगलबार, १५ साउन २०८१, १६ : २९ मा प्रकाशित

ओली गैरकानूनी रूपमा प्रधानमन्त्री भएका हुन्, सर्वोच्चले खारेज गर्छ:लेखनाथ दाहाल

नेकपा माओवादी केन्द्रका सांसद लेखनाथ दाहालले प्रधानमन्त्री केपी शर्मा ओली गैरकानूनी रुपमा नियुक्ति भएको दाबी गरेका छन् । प्रतिनिधि सभाको बैठकमा बोल्दै ओलीको नियुक्ति प्रक्रिया सर्वोच्च अदालतले खारेज गर्ने विश्वास व्यक्त गरे ।

उनले भने, ‘अस्वभाविक र बदनियपूर्ण गठबन्धनको जगमा निर्माण भएको सरकारको प्रधानमन्त्रीज्यूले संख्यात्मक हिसाबले यही सदनबाट विश्वासको मत लिइसक्नुभएको छ । संविधानको धारा ७६ (२) अन्तर्गत बनेको सरकारले विश्वासको मत प्राप्त गर्न नसकेपछि स्वतः ७६ (३) सक्रिय भइ प्रधानमन्त्री नियुक्त भएको विगतको नजिरलाई अस्वीकार गर्दै राष्ट्रिपतिले गैरकानूनी रुपमा प्रधानमन्त्री नियुक्त गर्नुभएको छ । यो प्रकरणमा सर्वोच्च अदालतमा मुद्दा परेको छ, त्यो मुद्दाको पेशी संवैधानिक इजलासमा ३० गते तोकिएको छ । मलाई विश्वास छ, गैरकानूनी नियुक्ति भएको खारेज गर्नेछ ।’

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको