Like us!
Follow us!
Connect us!
Watch us!

हिमालयन लघुवित्तको खुद नाफामा २४.८१ प्रतिशतले गिरावट, खुद ब्याज आम्दानी र प्रतिसेयर आम्दानी कति ?

अर्थ संसार

शुक्रबार, १८ साउन २०८१, ११ : ५५ मा प्रकाशित

हिमालयन  लघुवित्तको खुद नाफामा २४.८१ प्रतिशतले गिरावट, खुद ब्याज आम्दानी र प्रतिसेयर आम्दानी कति ?

हिमालयन लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्ष (२०८०/८१ ) को चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। 

खुद नाफा घट्यो 
७५ लाख ५० हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ ।  चौथो त्रैमाससम्म संस्थाको नाफामा २४.८१ प्रतिशतले गिरावट आएको हो । अघिल्लो आर्थिक वर्षको सोही अवधिसम्ममा लघुवित्तले १ करोड ४१ हजार रुपैयाँ खुद नाफा कमाएको थियो।

खुद ब्याज आम्दानी 

कम्पनीको खुद ब्याज आम्दानी भने बढेको छ। कम्पनीको ब्याज आम्दानी १४.२२ प्रतिशतले बढेर २३ करोड ७२ लाख रुपैयाँ पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा संस्थाको यस्तो आम्दानी २० करोड ७७ लाख रुपैयाँ थियो ।

खराब कर्जा
समीक्षा अवधिमा लघुवित्तको खराब कर्जा २.३७ प्रतिशतबाट बढेर ३.६५ प्रतिशत पुगेको छ । 

इम्पेरमेन्ट चार्ज
समीक्षा अवधिमा लघुवित्तको इम्पेरमेन्ट चार्ज पनि बढेको छ । लघुवित्तको इम्पेरमेन्ट चार्ज १ करोड ७० लाख रुपैयाँबाट बढेर २ करोड ६१ लाख रुपैयाँ पुगेको छ।

सञ्चालन नाफामा गिरावट
समीक्षा अवधिमा लघुवित्तको सञ्चालन नाफामा समेत गिरावट देखिएको छ । गत वर्षको अन्त्यसम्म संस्थाको सञ्चालन नाफा १७.२२ प्रतिशतले घटेर १ करोड ८ लाखमा खुम्चिन पुगेको छ ।

प्रतिसेयर आम्दानी

लघुवित्तको नाफासँगै प्रतिसेयर आम्दानी पनि घटेको छ। समीक्षा अवधिमा लघुवित्तको प्रतिसेयर आम्दानी ७८ पैसा घटेर २ रुपैयाँ ३६ पैसामा सीमित भएको छ। 

प्रतिसेयर नेटवर्थ
असार मसान्तसम्ममा लघुवित्तको प्रतिसेयर नेटवर्थ १२३ रुपैयाँ ५७ पैसा रहेको छ भने मूल्य आम्दानी अनुपात ५४२.१९ गुणा रहेको छ।

चुक्ता पूँजी

लघुवित्तको चुक्ता पूँजी ३१ करोड ९८ लाख  रहेको छ । 

जगेडा कोष

असार मसान्तसम्ममा लघुवित्तको  जगेडा कोष १४ करोड ५२ लाख रुपैयाँ सञ्चित छ।

कर्जा लगानी

गत आर्थिक वर्षको अन्त्यसम्ममा लघुवित्तले ३ अर्ब ५० करोड निक्षेप तथा सापटीबाट ३ अर्ब ७६ करोड रुपैयाँ कर्जा लगानी गरेको छ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको